4 years ago
October 30, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप सुपर १२ समूह १ को खेलमा आज दुई चर्चित टोली इंग्ल्यान्ड र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुबै टोली लगातार तेस्रो जितको सोचमा छन् ।

आजको विजेता टोलीको शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने सम्भावना बलियो बन्नेछ । समूह १ मा इंग्ल्यान्ड शीर्ष र अष्ट्रेलिया दोस्रो स्थानमा छन् । अष्ट्रेलिया इंग्ल्यान्डलाई हराउँदै शीर्ष स्थानमा उक्लिन चाहन्छ । तर उपाधिको बलियो दाबेदार इंग्ल्यान्डलाई हराउन सहज भने देखिदैन । इंग्ल्यान्डको ब्याटिङ निकै मजबुत र गहिराई छ । इंग्ल्यान्ड उत्कृष्ट ब्याटिङमा सहज जित निकाल्न चाहन्छ । इंग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेट र बंगलादेशलाई ८ विकेटले हराएको थियो ।
बंगलादेशलाई हराउन ओपनर जेसन रोयले ६१ रनको इनिङ खेलेका थिए । इंग्ल्यान्डको ओपनिङ रोय र जस बटलरले गर्नेछन् । यी दुबै ब्याटर आक्रामक ब्याटिङका लागि विश्व चर्चित छन् । दुबै राम्रो लयमा छन् । डेविड मलान, जोनी बेयरस्टो, मोईन अली र ओईन मोर्गन मध्यक्रमका ब्याटर हुन् । मोर्गन ठूला सटका लागि चिनिन्छन् । अलीले लगातार उच्च प्रदर्शन गर्दै आएका छन् ।

मध्यक्रम र शीर्षक्रम नचलेपनि इंग्ल्यान्डको तल्लोक्रममले इनिङलाई सम्हाल्न सक्छन् । तल्लोक्रममा लियाम लिभिङस्टोन जस्ता आक्रामक विश्वस्तरिय टि२० ब्याटर छन् । क्रिस वोक्स पनि राम्रो ब्याटिङको क्षमता राख्छन् । स्पिनरमा आदिल राशिद र मोईन अली हुनेछन् । दुबै राम्रो लयमा रहँदै उच्च प्रदर्शन गर्दै आएका छन् ।
टाइमल मिल्स, वोक्स क्रिस जोर्डन तीव्र गतिका बलर हुन् । मिल्स राम्रो लयमा छन् । इंग्ल्यान्डको खेल्ने शैली अन्य टोलीको भन्दा फरक छ । कठिन समयमा पनि आक्रामक ब्याटिङका लागि बढी रुचि राख्छन् । उत्कृष्ट ब्याटिङ प्रदर्शनमा इंग्ल्यान्ड जितको सम्भावना राख्छ । अली, बटलर र मोर्गन इंग्ल्यान्डका प्रमुख हतियार हुन् ।
अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेट र दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले पराजित थियो । इंग्ल्यान्डसँग खेल्नु अघि ओपनर डेविड वार्नर र आरोन फिन्चको लय फर्किनु अष्ट्रेलियालाई सकरात्मक पक्ष हो । वार्नरले बंगलादेशविरुद्ध ६५ र फिन्चले ३७ रनको इनिङ खेलेका थिए । यी दुई ब्याटर चलेको खण्डमा भने इंग्ल्यान्डलाई कठिन पर्नसक्छ । ग्लेन म्याक्सवेल प्रमुख हतियार हुन् । उनको विष्फोटक विशाल इनिङ विना अष्ट्रेलियालाई जित कठिन पर्ने देखिन्छ । स्मिथ र मार्कस स्टोइनिसले मध्यक्रम सम्हाल्नेछन् । मार्कस स्टोइनिस फिनिसरको रुपमा देखिन्छन् ।

अष्ट्रेलियाको मजबुत पक्ष तीव्र गतिको बलिङ आक्रामण हो । मिचेल स्टार्क, जोश हेजलवुड र प्याट कमिन्सको जोडीले तीव्र गतिको बलिङ युनिट उत्कृष्ट बनेको छ । यी तीन बलरबाट अष्ट्रेलिया उत्कृष्ट प्रदर्शन चाहन्छ । स्पिनरमा एडम जाम्पा रहनेछन् । हेजलवुड, स्टोइनिस र वार्नर प्रमुख हतियार हुन् । आजको पहिलो खेलमा श्रीलंका र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ ।
हेड टु हेड :
इंग्ल्यान्ड र अष्ट्रेलियाबीच टि२० विश्वकपमा दुई खेल मात्र भएको छ । जसमा दुबै टोली एक एक खेलमा विजयी भएका छन् । २०१० को टि२० विश्वकपमा इंग्ल्यान्ड ७ विकेटले विजयी हुँदा २००७ मा ८ विकेटले पराजित भएको थियो । इंग्ल्यान्ड र अष्ट्रेलियाबीच कुल १९ टि२० आई खेल भएका छन् । इंग्ल्यान्ड ८ खेलमा विजयी हुँदा १० खेलमा पराजित भएको छ । एक खेलको नतिजा बिहीन छ । पछिल्ला पाँच खेलमा इंग्ल्यान्ड तीन खेलमा विजयी हुँदा २ खेलमा पराजित भएको छ ।
अष्ट्रेलिया टोली :
आरोन फिन्च (कप्तान), एश्टन अगर, प्याट कमिन्स (उपकप्तान), जोश हेजलवुड, जोश इंग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, केन रिचर्ड्सन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, मिचेल स्विपसन, म्याथ्यु वेड, डेविड वार्नर र एडम जाम्पा ।
इंग्ल्यान्डको टोली : ओईन मोर्गन (कप्तान), मोईन अली, जोनी बेयरस्टो, साम बिलिंग्स, जस बटलर, टम करन, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, डेविड मलान, टाइमल मिल्स, आदिल राशिद, जेसन रोय, डेविड विल्ली, क्रिस वोक्स र मार्कवुड ।
अंक तालिका
सुपर १२ को समूह १ मा इंग्ल्यान्ड २ खेलमा २ मानै जितका साथ ४ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया २ खेलमा समान नतिजाका साथ ४ अंक भएपनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । २ खेलमा १ मा जित र १ मा हार सहित दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । श्रीलंका २ खेलमा १ मा जित र १ मा हार सहित चौथो स्थानमा छ । वेस्टइन्डिज ३ खेलमा १ मा जित र २ मा हार सहित पाँचौ स्थानमा छ । बंगलादेश ३ खेलमा तीनै खेलमा पराजित हुँदै पुछारमा छ ।
सुपर १२ को समूह २ मा पाकिस्तान ३ खेलमा ३ मानै जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान २ खेलमा १ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । नामिबिया १ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । अंक बिहीन न्युजिल्यान्ड चौथो, भारत पाँचौं र स्कटल्यान्ड पुछारमा छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]