default_image

3 years ago

October 30, 2021

पहिला फिल्डिङ गर्दै दक्षिण अफ्रिका, डि कक टोलीमा

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को समूह १ मा दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । शारजाह क्रिकेट स्टेडियममा दक्षिण अफ्रिका कप्तान टेम्वा बभुमाले पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । ओपनर क्विन्टन डी कक दक्षिण अफ्रिका प्लेइङ ११ मा छन् । यसअघि दक्षिण अफ्रिका वेस्टइन्डिजसँगको खेलमा टोलीमा थिएनन् । […]

47 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को समूह १ मा दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । शारजाह क्रिकेट स्टेडियममा दक्षिण अफ्रिका कप्तान टेम्वा बभुमाले पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । ओपनर क्विन्टन डी कक दक्षिण अफ्रिका प्लेइङ ११ मा छन् । यसअघि दक्षिण अफ्रिका वेस्टइन्डिजसँगको खेलमा टोलीमा थिएनन् ।

डि कक टोलीमा फर्किदा हेनरिक क्लासेन बेन्चमा बसेका छन् । श्रीलंकाले भने टोलीमा कुनै परिवर्तन गरेको छैन । सुपर १२ को समूह १ मा रहेका दुबै टोली दोस्रो जित निकाल्ने सोचमा छन् । शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने आशा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । सुपर १२ को समूह १ मा रहेको दक्षिण अफ्रिका पहिलो खेलमा अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा वेस्टइन्डिजलाई ८ विकेटले हराएको थियो । श्रीलंकाले पहिलो चरणको समूह ए को विजेता रुपमा सुपर १२ मा स्थान बनाएको थियो । श्रीलंकाले सुपर १२ को पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले हराएको थियो । तर दोस्रो खेलमा श्रीलंका अष्ट्रेलियासँग ७ विकेटले हराएको थियो ।

हेड टु हेड :

टि२० विश्वकपमा दक्षिण अफ्रिका र श्रीलंकबीच तीन खेल भएको छ । जसमा दक्षिण अफ्रिक २ खेलमा जित र १ मा पराजित भएको छ । २०१६ मा दक्षिण अफ्रिकाले श्रीलंकलाई ८ विकेटले पराजित गरेको थियो । २०१४ को विश्वकपमा श्रीलंका ५ रनले विजयी हुँदा २०१२ मा दक्षिण अफ्रिका ३२ रनले विजयी भएको थियो ।

श्रीलंका र दक्षिण अफ्रिकाबीच कुल १६ टि२० आई खेल भएका छन् । जसमा दक्षिण अफ्रिका १० खेलमा विजयी हुँदा ५ खेलमा पराजित भएको छ । पछिल्ला पाँच टि२० आई खेलमा दक्षिण अफ्रिकाले श्रीलंकसँग हारेको छैन ।

श्रीलंका प्लेइङ ११ :

दासुन शनका (कप्तान), कुसल पेरेरा, दीनेश चान्डिमल, अविष्का फनान्डो, भानुका राजपक्षे, चरिथ असालका, वानिन्दु हसरंगा, चामिका करुणारत्ने, दुश्मन्था चामिरा, पाथुम निसंका र महेश थेक्शेना ।

दक्षिण प्लेइङ ११

टेम्बा बभुमा (कप्तानं), रिजा हेनड्रिक्स, क्विन्टन डि कक केशव महाराज, एडेन माक्ररम, डेविड मिलर, एनरिच नोर्किया, ड्वेन प्यट्रियटर्स, कागिसो रबाडा, तबरेज शाम्सी र रास्सी भान डर डुसेन ।

अंक तालिका

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड २ खेलमा २ मानै जितका साथ ४ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया २ खेलमा समान नतिजाका साथ ४ अंक भएपनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । २ खेलमा १ मा जित र १ मा हार सहित दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । श्रीलंका २ खेलमा १ मा जित र १ मा हार सहित चौथो स्थानमा छ । वेस्टइन्डिज ३ खेलमा १ मा जित र २ मा हार सहित पाँचौ स्थानमा छ । बंगलादेश ३ खेलमा तीनै खेलमा पराजित हुँदै पुछारमा छ ।

सुपर १२ को समूह २ मा पाकिस्तान ३ खेलमा ३ मानै जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान २ खेलमा १ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । नामिबिया १ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । अंक बिहीन न्युजिल्यान्ड चौथो, भारत पाँचौं र स्कटल्यान्ड पुछारमा छन् ।

May 1, 2024

कमल र सागर समेट्दै विश्वकप टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमल सिंह ऐरी र स्पिनर सागर ढकाललाई समेट्दै नेपालले आइसीसी टि२० विश्वकपका लागि टोली घोषणा गरेको छ । नेपालले यसै महिना खेलेको एसीसी प्रिमियर कपबाट २ परिवर्तन गरेको हो । विवेक यादव र आकाश चन्दको स्थानमा कमल र सागर टिममा आएका हुन् । वेस्ट इन्डिज ए विरुद्ध सिरिजबाट […]

May 1, 2024

वेस्ट इन्डिज ‘ए’ लाई श्रृंखलामा अग्रता 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्ध जारी टि २० सिरिजको तेस्रो खेलमा जित निकाल्दै श्रृंखलामा अग्रता लिएको छ । पहिलो खेलमा हार बेहोरेको पाहुना टोलीले लगातार दुई खेल जित्दै पाँच खेलको श्रृंखलामा २-१ को अग्रता लिएको हो । बुधवार भएको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई ७६ रनले पराजित गर्यो । वेस्ट […]

May 1, 2024

चार्ल्सको शतकमा नेपाललाई विशाल लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – ओपनर जोनसन चार्ल्सको शतकीय इनिङको मद्दतमा वेस्ट इन्डिज ‘ए’ ले जारी टि २० सिरिजको तेस्रो खेलमा नेपाल सामू विशाल लक्ष्य पेश गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनायो । चार्ल्सले अविजित रहँदै ६१ बलमा […]

Success

Thank you for your time.