default_image

4 years ago

October 30, 2021

दक्षिण अफ्रिका सामु निसांका बाहेक सबै निरिह

148 views

0 Bookmark

एजेन्सी – ओपनर पाथुम निसांकाको अर्धशतकमा श्रीलंकाले आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को खेलमा दक्षिण अफ्रिकालाई १ सय ४३ रनको लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंका २० ओभरमा १ सय ४२ रनमा अल आउट भयो ।

श्रीलंकाका पाथुम निसांकाले ५८ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ७२ रनको योगदान दिए । निसांका बाहेक अन्य कुनैपनि श्रीलंका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । दक्षिण अफ्रिका बलिङ सामु श्रीलंकाका ८ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । निसांकाको एकल प्रयासमा श्रीलंकाले मध्यम योगपफल बनाएको छ ।

चरिथ असलंकाले १४ बलमा २ चौका र १ छक्का सहित २१ रनमा रन आउट भए । तीव्र गतिका बलर एनरिच नोर्कियाले तेस्रो ओभरको चौथो बलमा ओपनर कुशल परेरालाई ७ रनमा बोल्ड आउट गर्दै दक्षिण अफ्रिकालाई पहिलो सफलता दिलाएका थिए । नवौं ओभरको पाँचौं बलमा असलंका रन आउट हुन पुगेका थिए । अर्को ओभरमा स्पिनर तबरेज शाम्सीले भानुका राजपक्षेलाई शून्यमा कट एण्ड बोल्ड आउट गरे ।

१२ औं ओभरको चौथो बलमा शाम्सीलेनै अविष्का फर्नान्डोलाई ३ रनमा कट एड बोल्ड आउट गरेपछि श्रीलंका समस्यामा परेको थियो । वानिन्दु हसरंगा ४ रनमा एडेन माक्ररमबाट क्याच हुँदा श्रीलंका १३.४ ओभरमा ९१–५ को कमजोर अवस्थामा पुगेको थियो । तल्लोक्रमका दासुन शनका ११, चामिका करुणारत्ने ५, दुश्मन्था चामिराले ३ र महेश थेक्सानले रन बनाए ।

दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । ड्वेन प्रिटियोरेसले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । एनरिच नोर्कियाले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.