default_image

4 years ago

October 30, 2021

श्रीलंकामाथि दक्षिण अफ्रिकाको रोमान्चक जित, हसरंगाको ह्याट्रिक खेर

154 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा दक्षिण अफ्रिकाले श्रीलंकामाथि ४ विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै सुपर १२ को समूह १ मा रहेको दक्षिण अफ्रिकाले शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने सम्भावना कायमै राखेको छ ।

अन्तिम ओभरमा जितको लागि १५ रन चाहिँएको अवस्थामा डेविड मिलरले लाहिरु कुमारालाई लगातार दुई छक्का प्रहार गर्दै दक्षिण अफ्रिका जित पक्का बनाएका थिए । जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिका कप्तान टेम्बा बभुमाले ४६ बलमा १ चौका र १ छक्का सहित सर्वाधिक ४६ रनको योगदान दिए । डेविड मिलर १३ बलमा २ छक्का सहित २३ रनमा अविजित रहे । कागिसो रबाडा ७ बलमा १ चौका र १ छक्का सहित १३ रनमा अविजित रहे ।

अन्तिम ओभरको पहिलो बलमा कागिसो रबाडाले एक रन लिए । दोस्रो र तेस्रो बलमा लाहिरु कुमारालाई मिलरले लगातार छक्का प्रहार गरेपछि जित पक्का भएको थियो । चौथो बलमा एक रन लिँदा पाँचौं बलमा कागिसो रबाडाले चौका प्रहार गर्दै खेल सकाएका थिए ।
स्पिनर वानिन्दु हसरंगाले १८ औं ओभरमा ह्याट्रिक पूरा गरेका थिए । १५ औं ओभरको अन्तिम बलमा एडेन माक्ररमलाई डि सिल्भाबाट १९ रनमा क्याच गराएका थिए ।

१८ औं ओभरको पहिलो बलमै वानिन्दुले कप्तान टेम्बा बभुमालाई पाथुम निसांकाबाट क्याच गराएका थिए । अर्को बलमा ड्वेन प्रिटियोरियस डि सिल्भाबाट लङअफमा समातिन पुगेपछि वानिन्दुले ह्याट्रियक लिएका थिए । तर टोली भने पराजित हुन पुग्यो । वानिन्दु टि२० विश्वकपमा ह्याट्रिक लिने तेस्रो खेलाडी हुन् । यसअघि सन् २००७ मा अष्ट्रेलिया तीव्र गतिका बलर ब्रेट लीले बंगलादेशविरुद्ध र यसै विश्वकपमा आयरल्यान्डका कर्टिस क्याम्फरले नेदरल्यान्ड्सविरुद्ध ह्याट्रिक लिएका थिए ।


ओपनर क्विन्टन डि कक १२, रिजा हेनड्रिक्स ११, रास्सी भान डर डुसेन १६ र एडेन माक्ररमले १९ रनमा आउट भए । श्रीलंका स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । दुश्मन्था चामिराले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंका २० ओभरमा १ सय ४२ रनमा अल आउट भएको थियो । श्रीलंकाका पाथुम निसांकाले ५८ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ७२ रनको योगदान दिए । निसांका बाहेक अन्य कुनैपनि श्रीलंका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । दक्षिण अफ्रिका बलिङ सामु श्रीलंकाका ८ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । निसांकाको एकल प्रयासमा श्रीलंकाले मध्यम योगपफल बनाएको छ ।

चरिथ असलंकाले १४ बलमा २ चौका र १ छक्का सहित २१ रनमा रन आउट भए । तीव्र गतिका बलर एनरिच नोर्कियाले तेस्रो ओभरको चौथो बलमा ओपनर कुशल परेरालाई ७ रनमा बोल्ड आउट गर्दै दक्षिण अफ्रिकालाई पहिलो सफलता दिलाएका थिए । नवौं ओभरको पाँचौं बलमा असलंका रन आउट हुन पुगेका थिए । अर्को ओभरमा स्पिनर तबरेज शाम्सीले भानुका राजपक्षेलाई शून्यमा कट एण्ड बोल्ड आउट गरे ।

१२ औं ओभरको चौथो बलमा शाम्सीलेनै अविष्का फर्नान्डोलाई ३ रनमा कट एड बोल्ड आउट गरेपछि श्रीलंका समस्यामा परेको थियो । वानिन्दु हसरंगा ४ रनमा एडेन माक्ररमबाट क्याच हुँदा श्रीलंका १३।४ ओभरमा ९१–५ को कमजोर अवस्थामा पुगेको थियो । तल्लोक्रमका दासुन शनका ११, चामिका करुणारत्ने ५, दुश्मन्था चामिराले ३ र महेश थेक्सानले रन बनाए ।

दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । ड्वेन प्रिटियोरेसले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । एनरिच नोर्कियाले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

दक्षिण अफ्रिका पहिलो खेलमा अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा वेस्टइन्डिजलाई ८ विकेटले हराएको थियो । श्रीलंकाले पहिलो चरणको समूह ए को विजेता रुपमा सुपर १२ मा स्थान बनाएको थियो । श्रीलंकाले सुपर १२ को पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले हराएको थियो । तर दोस्रो खेलमा श्रीलंका अष्ट्रेलियासँग ७ विकेटले हराएको थियो । दक्षिण अफ्रिकाले मंगलबार बंगलादेशसँग खेल्नेछ । श्रीलंकाले सोमबार इंग्ल्यान्डसँग खेल्नेछ ।

अंक तालिका

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड २ खेलमा २ मानै जितका साथ ४ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया २ खेलमा समान नतिजाका साथ ४ अंक भएपनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । ३ खेलमा २ मा जित र १ मा हार सहित समान ४ अंक भएपनि नेटरनरेटको आधारमा दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । श्रीलंका ३ खेलमा १ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । वेस्टइन्डिज ३ खेलमा १ मा जित र २ मा हार सहित पाँचौ स्थानमा छ । बंगलादेश ३ खेलमा तीनै खेलमा पराजित हुँदै पुछारमा छ ।

सुपर १२ को समूह २ मा पाकिस्तान ३ खेलमा ३ मानै जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान २ खेलमा १ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । नामिबिया १ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । अंक बिहीन न्युजिल्यान्ड चौथो, भारत पाँचौं र स्कटल्यान्ड पुछारमा छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.