4 years ago
October 30, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई १ सय २६ रनको सामान्य विजयी लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया निर्धारित २० ओभरमा १ सय २५ रनमा अल आउट भयो ।

अष्ट्रेलिया ओपनर तथा कप्तान आरोन फिन्चले ४९ बलमा ४ चौका सहित सर्वाधिक ४४ रनको योगदान दिए । तीव्र गतिका बलर क्रिस वोक्सले दोस्रो ओभरको दोस्रो बलमा ओपनर डेविड वार्नरलाई जस बटलरबाट १ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । तेस्रो ओभरको पहिलो बलमै क्रिस जोर्डनले वोक्सबाट अष्ट्रेलिया प्रमुख ब्याटर स्टिभ स्मिथलाई १ रनमा क्याच गराएका थिए ।
चौथो ओभरको पाँचौं बलमा वोक्सले ग्लेन म्याक्सवेललाई ६ रनमा एलबीडब्लू आउट गरेपछि अष्ट्रेलिया १५–३ को कमजोर अवस्थामा पुगेको थियो । स्पिनर आदिल राशिदले मार्कस स्टोइनिसलाई शून्यमा एलबीडब्लू आउट गर्दा अष्ट्रेलिया ६.१ ओभरमा २१–४ को दयनीय अवस्थामा पुगेको थियो ।

विकेटकिपर म्याथ्यु वेड १८ बलमा २ चौका सहित १८ रनमा क्याच आउट भए । वेडलाई लियाम लिभिङस्टोनले जेसन रोयबाट क्याच गराएका थिए । तल्लोक्रममा एश्टन अगर २० बलमा २ छक्का सहित २० रनमा क्याच आउट भए । प्याट कमिन्सले ३ बलमा २ छक्का सहित १२ रनमा आउट भए । मिचेल स्टार्कले ६ बलमा १ चौका र १ छक्का सहित १३ रन बनाए ।
इंग्ल्यान्डका क्रिस वोक्सले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । क्रिस जोर्डनले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । टाइमल मिल्सले २, आदिल राशिद र लियाम लिभिङस्टोनले १–१ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]