default_image

4 years ago

October 30, 2021

टि२० विश्वकपमा इंग्ल्यान्डको लगातार तेस्रो जित

172 views

0 Bookmark

एजेन्सी – उपाधिको दाबेदार इंग्ल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ मा लगातार तेस्रो जित हात पारेको छ । सुपर १२ को समूह १ मा रहेको इंग्ल्यान्डले अष्ट्रेलियालाई ८ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको छ ।


जितको लागि १ सय २६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ११.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डको जितमा ओपनर जस बटलर ३२ बलमा ५ चौका र ५ छक्का सहित ७१ रनमा अविजित रहे । अर्का ओपनर जेसन रोयले २० बलमा १ चौका र १ छक्का सहित २२ रनमा एडम जाम्पाको बलमा एलबीडब्लू आउट भए ।

डेविड मलान ८ रनमा आउट भए । जोनी बेयरस्टो ११ बलमा २ छक्का सहित १६ रनमा अविजित रहे । इंग्ल्यान्डलाई ओपनर रोय र बटलरले पहिलो विकेटका लागि ६.२ ओभरमा ६६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । अष्ट्रेलियाका स्पिनर एडम जाम्पा र एश्टन अगरले १–१ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया निर्धारित २० ओभरमा १ सय २५ रनमा अल आउट भयो । अष्ट्रेलिया ओपनर तथा कप्तान आरोन फिन्चले ४९ बलमा ४ चौका सहित सर्वाधिक ४४ रनको योगदान दिए । तीव्र गतिका बलर क्रिस वोक्सले दोस्रो ओभरको दोस्रो बलमा ओपनर डेविड वार्नरलाई जस बटलरबाट १ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । तेस्रो ओभरको पहिलो बलमै क्रिस जोर्डनले वोक्सबाट अष्ट्रेलिया प्रमुख ब्याटर स्टिभ स्मिथलाई १ रनमा क्याच गराएका थिए ।

चौथो ओभरको पाँचौं बलमा वोक्सले ग्लेन म्याक्सवेललाई ६ रनमा एलबीडब्लू आउट गरेपछि अष्ट्रेलिया १५–३ को कमजोर अवस्थामा पुगेको थियो । स्पिनर आदिल राशिदले मार्कस स्टोइनिसलाई शून्यमा एलबीडब्लू आउट गर्दा अष्ट्रेलिया ६।१ ओभरमा २१–४ को दयनीय अवस्थामा पुगेको थियो ।

विकेटकिपर म्याथ्यु वेड १८ बलमा २ चौका सहित १८ रनमा क्याच आउट भए । वेडलाई लियाम लिभिङस्टोनले जेसन रोयबाट क्याच गराएका थिए । तल्लोक्रममा एश्टन अगर २० बलमा २ छक्का सहित २० रनमा क्याच आउट भए । प्याट कमिन्सले ३ बलमा २ छक्का सहित १२ रनमा आउट भए । मिचेल स्टार्कले ६ बलमा १ चौका र १ छक्का सहित १३ रन बनाए ।

इंग्ल्यान्डका क्रिस वोक्सले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । क्रिस जोर्डनले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । टाइमल मिल्सले २, आदिल राशिद र लियाम लिभिङस्टोनले १–१ विकेट लिए ।

इंग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेट र बंगलादेशलाई ८ विकेटले हराएको थियो । अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेट र दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले पराजित थियो । इंग्ल्यान्डले अव सोमबार श्रीलंकासँग खेल्नेछ । अष्ट्रेलियाले बिहीबार बंगलादेशसँग खेल्नेछ ।

अंक तालिका

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ३ खेलमा ३ मानै जितका साथ ६ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ । ३ खेलमा २ मा जित र १ मा हार सहित समान ४ अंक भएपनि नेटरनरेटको आधारमा दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । श्रीलंका ३ खेलमा १ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । वेस्टइन्डिज ३ खेलमा १ मा जित र २ मा हार सहित पाँचौ स्थानमा छ । बंगलादेश ३ खेलमा तीनै खेलमा पराजित हुँदै पुछारमा छ ।

सुपर १२ को समूह २ मा पाकिस्तान ३ खेलमा ३ मानै जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान २ खेलमा १ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । नामिबिया १ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । अंक बिहीन न्युजिल्यान्ड चौथो, भारत पाँचौं र स्कटल्यान्ड पुछारमा छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.