default_image

4 years ago

November 1, 2021

यस्तो छ भारत सेमिफाइनल पुग्ने समिकरण

202 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा लगातार दोस्रो हार बेहोरेपछि भारतको सेमिफाइनल यात्रा कठिन बनेको छ । पहिलो खेलमा भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । आइतबार न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको थियो ।

लगातार दुई फराकिलो हारपछि भारतको सेमिफाइनल यात्रा कठिन बनेको छ । तर सेमिफाइनल दौडबाट बाहिरी सकेको भने छैन । भारत आफ्नो सर्वोत्कृष्ट प्रदर्शनसँगै अन्य टोलीको नतिजा आफू अनुकुल आएमा सबैलाई आश्चर्य पार्दै सेमिफाइनलमा पुग्न सक्छ । त्यसको लागि पहिला भारतले बाँकी तीनै खेलमा फराकिलो जित निकाल्नुपर्ने हुन्छ ।

जित मात्र होईन नेट रनरेटमा पनि त्यतिनै ध्यान दिनुपर्छ । किनभने भारतको नेट रनरेट सुरुवाती लज्जास्पद हारले निकै कमजोर छ । सुपर १२ को समूह २ बाट पाकिस्तान सेमिफाइनलमा पुग्ने निश्चित जस्तै भएको छ ।

भारतको सेमिफाइनल पुग्ने अंक गणीतिय सम्भावना

सुपर १२ को समूह २ बाट पाकिस्तान ५ खेलमा ५ मानै जितका साथ १० अंक जोड्दै शीर्ष स्थानका साथ सेमिफाइनल खेल्ने सम्भावना छ । पाकिस्तानले शीर्ष तीन टोली भारत, न्युजिल्यान्ड र अफगानिस्तानलाई पराजित गरि सकेको छ । अव नामिबिया र स्कटल्यान्डसँग खेल्न बाँकी छ । यी दुवै खेल जित्दै शीर्ष स्थानका साथ सेमिफाइनल खेल्नेछ ।

स्कटल्यान्ड र नामिबियाको नतिजाले अन्य टोलीको समिकरणलाई धेरै प्रभाव पार्नेछ । दोस्रो स्थानको लागि भारत, अफगानिस्तान र न्युजिल्यान्ड दौडमा छन् । जसमा न्युजिल्यान्डको सम्भावना बलियो छ ।

भारतले अब बुधबार अफगानिस्तानसँग खेल्नेछ । उक्त खेलमा भारतले फराकिलो जित निकाल्नुपर्ने हुन्छ । शुक्रबार स्कटल्यान्ड र सोमबार नामिबियासँग खेल्नेछ । तीनै खेलमा विजयी हुँदा भारतको ६ अंक हुनेछ । ६ अंकसँगै नेटरनरेट पनि उच्च हुनुपर्छ । तीनै खेलमा भारतको जित फराकिलो हुनुपर्छ ।

अफगानिस्तान अन्तिम खेलमा न्युजिल्यान्डसँग पराजित भएमा उसको ५ खेलमा ३ मा जित र २ मा हार सहित ४ अंक मात्र हुनेछ । ४ अंकले सेमिफाइनलमा पुग्न सक्दैन । अफगानिस्तानमाथि न्युजिल्यान्डको जितको अन्तर कम हुँदा भारतलाई फाइदा पुग्नेछ ।न्युजिल्यान्डले बुधबार स्कटल्यान्ड र शुक्रबार नामिबियासँग खेल्नेछ ।

उक्त दुबै खेलमा पराजित भएमा न्युजिल्यान्डको ४ अंक हुनेछ । जसले गर्दा भारत ६ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनल खेल्न सक्छ । न्युजिल्यान्डले स्कटल्यान्ड वा नामिबिया मध्य एक टोलीसँग पराजित हुँदा पनि ६ अंकमा रोकिनेछ । भारतको पनि ६ अंकनै हुनेछ । न्युजिल्यान्डको नेटरनरेट प्लस ०.७६५ छ । भारतको माइनस १.६०९ छ ।

विशाल जितका साथ नेट रनरेटले पछि पार्दै सेमिफाइलमा पुग्नसक्छ । न्युजिल्यान्ड अफगानिस्तानसँग पराजित भएको खण्डमा भारतको कम सम्भावना हुन्छ । भारतको तीनै खेलको जितको अन्तर १ सय ५० को आसपासमा हुनुपर्ने छ । अफगानिस्तानको नेट रनरेट प्लस ३.०९७ छ । भारतको माइनस १.६०९ छ ।

भारतले अफगानिस्तानलाई फराकिलो अन्तरले हराउँदा उसको नेट रनरेटमा गिरावट आउँछ । अफगानिस्तानले न्युजिल्यान्डलाई झिनो अन्तरले हराएमा नेटनरेटमा भारत अघि जानसक्छ । कम्तिमा न्युजिल्यान्डले बाँकी तीन मध्य एक खेलमा हारेको खण्डमा मात्र भारत नेटरनरेटको आधारमा सेमिफाइनलमा पुग्न सक्ने झिनो अंक गणीतिय सम्भावना छ ।

यो पनि पढ्नुहोस् : भारतको हातमा छैन सेमिफाइनल पुग्ने समिकरण

भारतले न्युजिल्यान्डसँग हार्नुका पाँच कारण

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.