4 years ago
November 1, 2021
एजेन्सी – लगातार चौथो जितसँगै इंग्ल्यान्ड संयुक्त अरव इमिरेट्स (युएई) मा जारी टि२० विश्वकप २०२१ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को समूह १ मा रहेको इंग्ल्यान्डले सोमबार राती श्रीलंकालाई २६ रनले हराउँदै सेमिफाइनलमा स्थान पक्का गराएको छ । श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ ।

जितको लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १ सय ३७ रनमा अल आउट भयो । श्रीलंकाका वानिन्दु हसरंगाले २१ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ३४ रनको योगदान दिए । भानुका राजपक्षे र दासुन शनाका २६–२६ रनमा आउट भए । ओपनर पाथुम निसांका १ र कुशल परेरा ७ रनमा आउट भएका थिए । चारिथ असलंका २१ र अविष्का फर्नान्डो १३ रनमा आउट भए ।
इंग्ल्यान्डका आदिल राशिदले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । तीव्र गतिका बलर क्रिस जोर्डनले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । मोईन अलीले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । क्रिस वोक्स र लियाम लिभिङस्टोनले १–१ विकेट लिए ।
त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । इंग्ल्यान्डका ओपनर जस बटलरले ६७ बलमा ६ चौका र ६ छक्का सहित १ सय १ रनको अविजित शतकीय इनिङ खेलेका थिए । उनको यो टि२० आई करिअरको पहिलो शतक हो ।
इंग्ल्यान्डबाट यसअघि एलेक्स हेल्स, डेविड मलान र लियाम लिभिङस्टोनले टि२० आईमा शतक प्रहार गरेका थिए । बटलरले २० औं ओभरको अन्तिम बलमा तीव्र गतिका बलर दुश्मन्था चामिरालाई छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए । इंग्ल्यान्डबाट तीनै शैलीमा शतक प्रहार गर्ने बटलर पहिलो खेलाडी बनेका छन् ।

बटलरले आफ्नो उच्च लयलाई निरन्तरता दिएका छन् । यसअघिको खेलमा अष्ट्रेलियाविरुद्ध बटलरले ७१ रनको अविजित इनिङ खेलेका थिए । ओईन मोर्गन ३६ बलमा १ बलमा चौका र ३ छक्का सहित ४० रनमा आउट भए । खराब सुरुवात गर्नेक्रममा एक समय इंग्ल्यान्ड ५.२ ओभरमा ३५–३ को कमजोर अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि ओईन मोर्गन र जस बटलरले ७८ बलमा १ सय १२ रनको उत्कृष्ट शतकीय साझेदारीका साथ बलियो योगफलमा पुर्याएका हुन् । दोस्रो ओभरको दोस्रो बलमै स्पिनर वानिन्दु हसरंगाले ओपनर जेसन रोयलाई ९ रनमा बोल्ड आउट गरेका थिए ।
तीव्र गतिका बलर दुश्मन्था चामिराले छैटौं ओभरको अन्तिम बलमा डेविड मलानलाई ६ रनमा बोल्ड आउट गरे । हसंरगाले जोनी बेयरस्टोलाई शून्यमा एलबीडब्लू आउट गर्दा इंग्ल्यान्डले खराब सुरुवात गरेको थियो । श्रीलंका स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए ।
इंग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेट, दोस्रो खेलमा बंगलादेश र तेस्रो खेलमा अष्ट्रेलियालाई समान ८ विकेटले पराजित गरेको थियो । पहिलो चरणको समूह ए को विजेता श्रीलंकाले सुपर १२ को पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले हराएको थियो । अष्ट्रेलियासँग ७ विकेट र दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको थियो । इंग्ल्यान्डले शनिबार अन्तिम खेलमा दक्षिण अफ्रिकासँग खेल्नेछ । श्रीलंकाले बिहीबार आफ्नो अन्तिम खेल वेस्टइन्डिजसँग खेल्नेछ । सेमिफाइनलमा इंग्ल्यान्डले सुपर १२ को समूह २ को उपविजेतासँग खेल्नेछ ।
अंक तालिका
सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ४ खेलमा ४ मानै जितका साथ ८ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ तेस्रो स्थानमा छ । दक्षिण अफ्रिकाको ३ खेलमा २ मा जित र १ मा हार सहित समान ४ अंक भएपनि नेटरनरेटको आधारमा दोस्रो स्थानमा छ । श्रीलंका ४ खेलमा १ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ । वेस्टइन्डिज ३ खेलमा १ मा जित र २ मा हार सहित पाँचौ स्थानमा छ । बंगलादेश ३ खेलमा तीनै खेलमा पराजित हुँदै पुछारमा छ ।
सुपर १२ को समूह २ मा पाकिस्तान ३ खेलमा ३ मानै जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । न्युजिल्यान्ड २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । नामिबिया २ खेलमा १ मा जित र १ मा हार सहित चौथो स्थानमा छ । समान २ खेल खेलेका भारत र स्कटल्यान्ड अंक विहीन हुँदै पाँचौं र छैटौं स्थानमा छन् ।
यो पनि पढ्नुहोस् : यस्तो छ भारत सेमिफाइनल पुग्ने समिकरण
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]