4 years ago
November 2, 2021
एजेन्सी – दक्षिण अफ्रिकाले आइसिसी टि२० विश्वकप २०२१ मा बंगलादेशमाथि सहज जित हात पार्दै सेमिफाइनलको सम्भावना कायमै राखेको छ । मंगलबार दक्षिण अफ्रिकाले बंगलादेशलाई ६ विकेटले हराउँदै सुपर १२ को समूह १ बाट शीर्ष दुईमा आफ्नो स्थान मजबुत बनाएको छ ।

जितको लागि ८५ रनको सामान्य विजयी लक्ष्य दक्षिण अफ्रिकाले १३.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । दक्षिण अफ्रिकाको जितमा कप्तान टेम्बा बभुमा २८ बलमा ३ चौका र १ छक्का सहित ३१ रनमा अविजित रहे । रास्सी भान डर डुसेन २२, ओपनर क्विन्टन डी कक १६, रिजा हेन्डिक्स ४ र एडेन माक्ररम शून्यमा आउट भए । बंगलादेशका तस्किन अहमदले २ विकेट लिए । नासुम अहमद र माहेदी हसनले १-१ विकेट लिए ।
त्यसअघि शेख जायद स्टेडिम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश १८.२ ओभरमा ८४ रनमा अल आउट भएको थियो । बंगलादेशका माहेदी हसनले २५ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक सर्वाधिक २७ रनको योगदान दिए । ओपनर लिटन दासले ३६ बलमा १ चौका सहित सर्वाधिक २४ रन जोडे । बंगलादेशका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाँच खेलाडीले खाता नखोली आउट भएका थिए ।
तीव्र गतिका बलर कागिसो रबाडाले चौथो ओभरको पाँचौं बलमा ओपनर मोहम्मद नईम शेखलाई ९ रनमा रिजा हेनड्रिक्सबाट क्याच गराएका थिए । अर्को बलमा सौम्य सरकारलाई शून्यमा एलबीडब्लू आउट गर्दै गोल्डेन डक पेभेलिएन फर्काए । रबाडालेनै मुश्फिकुर रहिमलाई छैटौं ओभरको तेस्रो बलमा शून्यमा क्याच गराएपछि बंगलादेशले खराब सुरुवात गरेको थियो ।
एनरिच नोर्कियाले महमुदूल्ला रियादलाई ३ रनमा एडेन माक्ररमबाट क्याच गराए । स्पिनर तरबेज शाम्सीले दासलाई एलबीडब्लू आउट गराएका थिए । अफिफ हुसैन गोल्डेन डक र शमिम हसैन ११ रनमा आउट भए ।
दक्षिण अफ्रिका कागिसो रबाडाले ४ ओभरमा २० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । अर्का तीव्र गतिका बलर एनरिच नोर्कियाले ३।२ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए । स्पिनर तबरेज शाम्सीले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । ड्वेन प्रिटोरियसको नाममा १ विकेट रह्यो ।
दक्षिण अफ्रिकाले पहिलो खेलमा अष्ट्रेलियासँग ५ विकेटले हारेको थियो । दोस्रो खेलमा वेस्टइन्डिजलाई ८ विकेट र श्रीलंकालाई ४ विकेटले हराएको थियो ।
दक्षिण अफ्रिका ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ । अन्तिम खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डसँग खेल्नेछ । शनिबार हुने उक्त खेलमा दक्षिण अफ्रिका विजयी भएमा नेटरनरेटको आधारमा सेमिफाइनलमा पुग्ने सम्भावना छ । तर अष्ट्रेलिया नतिजामा पर्खनु पर्छ । अष्ट्रेलिया ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंक छ । बाँकी दुई खेल अष्ट्रेलियाले बंगलादेश र वेस्टइन्डिजलाई पराजित गरेमा ८ अंक हुनेछ । दुबै टोलीको समान ८ अंक भएमा नेटरनरेटको आधारमा एक टोली सेमिफाइनलमा पुग्नेछन् ।
समूह १ बाट इंग्ल्यान्डले ४ खेलमा ४ मानै जितका साथ सेमिफाइनलमा पुगि सकेको छ । श्रीलंका र बंगलादेश औपचारिक रुपमा बाहिरिएका छन् । वेस्टइन्डिज ३ खेलमा २ मा हार र १ मा जित सहित पाँचौं स्थानमा छ । अन्तिम दुई खेलमा श्रीलंका र अष्ट्रेलियासँग खेल्न बाँकी छ । वेस्टइन्डिज अन्तिम खेलमा दक्षिण अफ्रिका पराजित हुँदा र बाँकी दुबै खेलमा विशाल जित हात पार्दै ६ अंकका साथ सेमिफाइनल खेल्ने झिनो आशामा छ ।
समूह २ मा भने पाकिस्तान ३ खेलमा ३ मानै जितका साथ सेमिफाइनल पक्का बनाएको छ । न्युजिल्यान्ड र अफगानिस्तानको बलियो सम्भावना छ । भारतको झिनो अंक गणीतिय सम्भावना छ ।
अंक तालिका
सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ४ खेलमा ४ मानै जितका साथ ८ अंक जोड्दै शीर्षस्थानमा छ । दक्षिण अफ्रिकाको ४ खेलमा ३ मा जित र १ मा हार सहित समान ६ अंकका साथ दोस्रो स्थानमा छ । अष्ट्रेलिया ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ तेस्रो स्थानमा छ । श्रीलंका ४ खेलमा १ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ । वेस्टइन्डिज ३ खेलमा १ मा जित र २ मा हार सहित पाँचौ स्थानमा छ । बंगलादेश ४ खेलमा ४ मानै पराजित हुँदै पुछारमा छ ।
सुपर १२ को समूह २ मा पाकिस्तान ३ खेलमा ३ मानै जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । न्युजिल्यान्ड २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । नामिबिया २ खेलमा १ मा जित र १ मा हार सहित चौथो स्थानमा छ । समान २ खेल खेलेका भारत र स्कटल्यान्ड अंक विहीन हुँदै पाँचौं र छैटौं स्थानमा छन् ।
यो पनि पढ्नुहोस् : यस्तो छ भारत सेमिफाइनल पुग्ने समिकरण
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]