default_image

4 years ago

November 8, 2021

कोहलीले टि२० खेलमा अन्तिम पटक कप्तानी गर्दै

190 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले टि२० कप्तानको रुपमा आज अन्तिम खेल खेल्दैछन् । आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को अन्तिम खेलमा आज भारत र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । यस खेलसँगै विराटको टि२० खेलमा कप्तानी यात्रा सकिनेछ ।

कोहलीले टि२० विश्वकपपछि कप्तानी छाड्ने भदौ अन्तिममा घोषणा गरेका थिए । इन्डियन प्रिमियर लिग (आइपिएल) मा यस सिजनसँगै कोहलीले रोयल च्यालेन्जर्स बेंगलोरको कप्तानी पनि छाडि सकेका छन् । कोहली आफ्नो प्रदर्शनमा थप ध्यानदिन टि२० कप्तानी छाड्न लागेका हुन् । अव कोहली कप्तानको रुपमा टि२० क्रिकेटमा देखिनेछैनन् । भारतीय ओडिआई र टेस्टमा भने कोहलीले निरन्तर कप्तानी गर्नेछन् । खेलाडीको रुपमा भने कोहलीले सबै खेलका शैलीका खेल खेल्ने छन् ।

कोहलीले २०१७ देखि भारतीय टि२० टोलीको कप्तानी थालेका हुन् । कोहलीको कप्तानीमा भारतले ४९ टि२० आई खेलमा २९ मा जित र १६ मा पराजित भएको छ । समान दुई खेल बराबरी र २ खेल नतिजा बिहीन छ । कोहलीले २०१३ देखि २०२१ सम्म बेंगलोरको कप्तानी गरे । आइपिएलमा १ सय ४० खेलमा कप्तानी गर्दा ६४ खेलमा जित, ६९ खेलमा हार र ४ खेलको नजिता विहिन छ । विराटको कप्तानीमा बेंगलोरले २०१६ को आइपिएल फाइनल खेलेको थियो ।

फाइनलमा बेंगलोर सनराइजर्स हैदराबादसँग ८ रनले पराजित हुन पुगेको थियो । विराटको कप्तानीमा बेंगलोर २०१५, २०२० र २०२१ को सिजनमा प्लेअफ सम्म यात्रा तय गरेको थियो । अन्य सिजनमा लिग चरणबाटै बाहिरिएको थियो । विराट टि२० आई क्रिकेटका सर्वाधिक सफल खेलाडी हुन् । कोहलीले ९४ टि२० आई खेलमा २९ अर्धशतक सहित कुल ३ हजार २ सय २७ रन बनाएका छन् ।

कोहलीले आफ्नो कप्तानीमा भारतलाई कुनैपनि आइसिसी उपाधि जिताउन सकेका छैनन् । कोहली आइपिएलमा पनि उपाधि विहीन बने । उपाधि विहीनको कारण कप्तानी छाड्न दबाब पर्दै आएको थियो । यस विश्वकपमा भारत ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरी सकेको छ । आज राती अन्तिम खेलमा नामिबियासँग खेल्दै भारतले विश्वकप २०२१ सकाउनेछ ।

अव भारतीय क्रिकेट टोलीको कप्तान रोहित शर्मा वा लोकेश राहुल मध्य एकले गर्ने उच्च सम्भावना छ । रोहितले आइपिएलमा मुम्बई इन्डियन्सलाई ५ उपाधि जिताउँदै सफल कप्तानको छवि छाडेका छन् । राहुलले किंग्स इलेभेन पन्जाबको कप्तानी गर्दै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । भारतले कप्तानी छनोटमा दीर्घकालिन योजनामा ध्यान दिँदै आएको छ ।

रोहितले अव बढीमा एक दुई वर्ष भारतबाट खेल्ने देखिन्छ । यो अवस्थामा भारत राहुललाई दीर्घकालिन कप्तान बनाउन सक्छ । निरन्तर कप्तान परिवर्तनले टिम निर्माणमा ठूलो धक्का र असर पर्न सक्छ । तेस्रो रोजाईमा विकेटकिपर ऋषभ पन्त देखिन्छन् । भारतले मुख्य प्रशिक्षकमा राहुल द्रविडलाई नियुक्त गरि सकेको छ ।

भारतले अव घरेलु मैदानमा न्युजिल्यान्डसँग तीन टि२० आई र दुई टेस्ट खेल खेल्ने कार्यक्रम छ । पहिलो टि२० खेल १७ नोभेम्बरमा जयपुरमा हुनेछ ।

यो पनि पढ्नुहोस् : कोहलीपछि भारतीय टोलीको कप्तानी गर्न सक्ने यी ३ खेलाडी

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.