default_image

2 years ago

November 8, 2021

सेमिफाइनल खेल्नु अघि इंग्ल्यान्डलाई ठूलो झड्का

126 views

0 Bookmark

एजेन्सी – उपाधिको दाबेदार इंग्ल्यान्डलाई आइसिसी टि२० विश्वकप २०२१ मा सेमिफइनल खेल्नु अघि ठूलो झड्का लागेको छ । इंग्ल्यान्डका ओपनर जेसन रोयले टि२० विश्वकप २०२१ को बाँकी खेल गुमाउने इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । रोय सुपर १२ को समूह १ मा दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गर्नेक्रममा खुट्टाको मांशपेशी समस्याको कारण पेभेलिएन फर्केका थिए ।

यस विश्वकपमा रोयले ५ खेलमा १ सय २३ रन बनाएका थिए । बंगलादेशलाई ८ विकेटले हराउन रोयले ३८ बलमा ६१ रनको इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिएका थिए । रोयको स्थानमा इंग्ल्यान्डले जेम्श भिन्सलाई मौका दिएको छ । ३० वर्षिय भिन्सले इंग्ल्यान्डबाट १२ टि२० आई, १३ टेस्ट र १९ ओडिआई खेल खेलेका छन् । २ सय ६७ टि२० खेलमा भिन्सले २ शतक र ४४ अर्धशतक सहित ७ हजार १ सय ४६ रन बनाएका छन् ।
रोय आउट हुँदा इंग्ल्यान्डको ओपनिङ जस बटलर र जोनी बेयरस्टोले गर्नेछन् । बेयरस्टोले मध्यक्रममा ब्याटिङ गर्दै आएका थिए । मध्यक्रममा इंग्ल्यान्डले साम बिलिंग्सलाई मौका दिने सम्भावना छ । मध्यक्रममा केहि असर पर्नसक्छ । चोटका कारण टि२० विश्वकप गुमाउने रोय इंग्ल्यान्डका तेस्रो खेलाडी हुन् । यसअघि तीव्र गतिका बलर टाइमल मिल्सको स्थानमा रोस टोपलीले लिई सकेका छन् । प्रतियोगिता सुरु हुनुअघिनै अलराउन्डर साम करन घाइते हुँदा उनका दाइ टम करनले स्थान लिएका थिए ।

इंग्ल्यान्ड सुपर १२ को समूह १ मा ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक जोड्दै नेटरनरेटको आधारमा शीर्षस्थानमा रहेर सेमिफाइनल खेलेको हो । सेमिफाइनलमा बुधबार इंग्ल्यान्डले न्युजिल्यान्डसँग खेल्नेछ । समूह २ को विजेता पाकिस्तानले बिहीबार अष्ट्रेलियासँग दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल आइतबार हुनेछ ।

May 6, 2024

मुलपानी क्रिकेट मैदानको डिजाइन प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन आज युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ। युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मुलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो। डिजाइन अनुसार हालको […]

May 6, 2024

डिएभीले ग्यालेक्सीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– जयकुमारनाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा सोमबार डिएभी स्कुबलले ग्यालेक्सीलाई ५५ रनले हारएको छ । १ सय १८ रनको विजय लक्ष्य पछ्याएको ग्यालेक्सीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो । ग्यालेक्सका लागि दीपेश गुप्ताले सबैभन्दा बढी ३० रन बनाए । अभय मगरले ७ र अतिफ खानले […]

May 6, 2024

नेपाली टोली अमेरिका पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको हो । नेपालबाट प्रस्थान गर्ने विमानमा बिजनेस क्लास टिकट अभाव भएपछि दुई समूहमा टोली नेपालबाट प्रस्थान गरेको थियो । शनिबार राती प्रस्थान गरेको पहिलो समूह फ्लोरिडा […]

Success

Thank you for your time.