4 years ago
November 10, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकपमा न्युजिल्यान्डलाई पहिलो पटक फाइनलमा पुग्ने अवसर छ । टि२० विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा आज इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा शेख जायद स्टेडियम आबूधाबीमा हुनेछ ।

केन विलियम्सनको कप्तानीमा रहेको न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुग्ने सोचमा छ । न्युजिल्यान्ड उपाधिको प्रमुख दाबेदार इंग्ल्यान्डलाई स्तब्ध पार्दै पहिलो पटक फाइनलमा पुग्न चाहन्छ । न्युजिल्यान्डले हालसम्म टि२० विश्वकपको फाइनलमा आफ्नो स्थान बनाउन सकेको छैन । न्युजिल्यान्ड यसअघि दुई पटक सम्म सेमिफाइनलमा सिमित भएको थियो । पहिलो संस्करण अर्थात २००७ को टि२० विश्वकपमा न्युजिल्यान्डले सेमिफाइनल यात्रा तय गरेको थियो ।
दक्षिण अफ्रिकामा भएको उक्त प्रतियोगितामा न्युजिल्यान्ड सेमिफाइनलमा पाकिस्तानसँग ६ विकेटले पराजित हुँदै बाहिरिएको थियो । त्यसपछि न्युजिल्यान्डले २०१६ मा भारतमा भएको विश्वकपमा सेमिफाइनलमा स्थान बनाएको थियो । २०१६ मा सुपर १० मा न्युजिल्यान्डले सानदार प्रदर्शनका साथ अपराजित रहँदै सेमिफाइनलमा पुगेको थियो । समूह चरणमा न्युजिल्यान्डले भारतलाई ४७ रन, पाकिस्तानलाई २२ रन, अष्ट्रेलियालाई ८ रन र बंगलादेशलाई ७५ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । तर सेमिफाइनलमा इंग्ल्यान्डसँग ७ विकेटले पराजित हुँदै न्युजिल्यान्ड बाहिरिएको थियो ।

इंग्ल्यान्ड पछिल्ला दुई विश्वकपमा न्युजिल्यान्डलाई तगारो बनेको छ । २०१९ को एकदिवसिय विश्वकप फाइनलमा न्युजिल्यान्ड बाउन्ड्री काउन्टको आधारमा पराजित भएको थियो । जितको लागि २ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ५० ओभरमा २ सय ४१ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । तर सुपर ओभरमा जितको लागि १६ रन बनाउनु पर्ने अवस्थामा १५ रननै बराएर बराबर भएपछि इंग्ल्यान्ड बढी चौका र छक्का प्रहार गरेको आधारमा विजयी भएको थियो । त्यसपछि उक्त नियम परिवर्तन गर्दै अव नतिजा नआउन सम्म सुपर ओभरनै हुनेछ । न्युजिल्यान्ड उक्त हारको बदला यस विश्वकपमा लिन चाहन्छ ।
केन विलियम्सनको उत्कृष्ट कप्तानीमा न्युजिल्यान्डले पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएको छ । यस विश्वकपमा भारतलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । गत जुनमा भएको टेस्ट च्याम्पियनसिपमा भारतलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । न्युजिल्यान्डले हालसम्म विश्वकप उपाधि जित्न सकेको छैन । टि२० विश्वकपमा फाइनल यात्रानै तय गर्न सकेको छैन । एकदिवसिय विश्वकपमा २०१५ र २०१९ मा लगातार फाइनलमा स्थान बनाएपनि पराजित हुन पुगेको थियो ।

टेस्ट च्याम्पियनसिप अघि न्युजिल्यान्डले २००० मा केन्यामा आयोजना भएको आइसिसी नक आउट (च्याम्पियन्स ट्रफी) को फाइनलमा भारतलाई ४ विकेटले हराउँदै उपाधि जितेको थियो । यस पटक न्युजिल्यान्डलाई फाइनलमा पुग्दै इतिहास रच्ने राम्रो अवसर छ । तर बलियो र उपाधिको दाबेदार इंग्ल्यान्डविरुद्ध सहज भने हुने छैन ।
न्युजिल्यान्ड कागजी रुपमा कमजोर मानिएपनि मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने गर्दछ । पछिल्लो समय आइसिसीको प्रतियोगितामा अझ प्रभाव जमाउँदै आएको छ । उत्कृष्ट कप्तानी, टिम एकता र अनुशासनले उत्कृष्ट प्रभाव छाड्दै आएको छ । त्यसलाई निरन्तरता दिँदै पहिलो पटक फाइनलमा पुग्ने दाउँमा छ ।
इंग्ल्यान्ड र न्युजिल्यान्डबीचको सेमिफाइनल बारे सम्पूर्ण जानकारी पाउन यो पढ्नुहोस् : फाइनल प्रवेशको लागि इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]