default_image

4 years ago

November 11, 2021

‘आफ्नो देशलाई जिताउने कुनै पनि खेल एकदमै विशेष हुन्छ ‘ – मिचेल

244 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डका ओपनर डर्याल मिचेलले देशको लागि जित्ने कुनैपनि खेल विशेष हुने बताएका छन् । आइसिसी टि२० विश्वकप २०२१ को पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउँदै पहिले पटक फाइनलमा पुर्याएपछि न्युजिल्यान्डका ओपनर मिचेलले खेलपछि उक्त प्रतिक्रिया दिएका हुन् । न्युजिल्यान्डलाई फाइनलमा पुर्याउन मिचेलले ४७ बलमा ४ चौका र ४ छक्का सहित ७२ रनमा अविजित रहँदै प्लेयरअफ द म्याच चुनिएका थिए ।


‘ तपाईंले आफ्नो देशको लागि जितेको कुनैपनि खेल धरै विशेष हुन्छ, विश्वकप सेमिफाइनलको कुरा छाड्नुहोस्’, न्युजिल्यान्डलाई फाइनलमा पुर्यापछि डर्याल मिचेलले भने । ‘विश्वकपमा मेरो देशको प्रतिनिधित्व गर्न पाउनु आफैमा ठूलो सम्मानको कुरा हो । आगमी केहि दिनमा ठूलो खेल (फाइनल) हुँदै छ । त्यसको लागि हामी धेरै उत्साहित छौं’ , उनले भने ।

न्युजिल्यान्डलाई जितको लागि अन्तिम २४ बलमा ५७ रन चाहिँएको थियो । त्यो अवस्थामा खेल जिताउन सक्नेमा आत्माविश्वास रहेको बताएका छन् । ‘विशेषगरि एकतर्फ बाउन्ड्री छोटो थियो । यो इन्चको खेल हो । हामी अल आउट पनि हुन सक्थ्यौं । यदि निश्चित संख्यामा राख्यौं भने मौका थियो । मैले खेल हाम्रो पकडबाट गुमेको कहिल्यै अनुभव गरिन’, उनले भने । त्यसैमा उनले थपे, ‘हाम्रो देशको जनसंख्या ५० लाख मात्र छ । त्यसैले हामीले हाम्रो देशको प्रतिनिधित्व गर्न पाउँदा धेरै गर्व गछौं । आज राती यस सिजनको आनन्द लिने छौं । फाइनल तयारीको लागि चाँडै अघि बढ्ने छौं ‘

मिचेलले जिमी निशमको प्रदर्शनको प्रशंसा गरेका छन् । ” जिमीले बल प्रहार गर्ने तरिका एकदम विशेष थियो । त्यसैले हामी अन्तिम केहि ओभरमा मोमेन्ट फर्कायौं ।’

शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो । इंग्ल्यान्डका मोईन अली ३७ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ५१ रनमा अविजित रहेका थिए । जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डका ओपनर डर्याल मिचेल ४७ बलमा ४ चौका र ४ छक्का सहित ७२ रनमा अविजित रहँदै फाइनलमा पुर्याए ।

न्युजिल्यान्डले उपाधिको लागि आइतबार पाकिस्तान र अष्ट्रेलिया मध्य एकसँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

यो पनि पढ्नुहोस् :

न्युजिल्यान्ड पहिलो पटक टि२० विश्वकपको फाइनलमा

न्युजिल्यान्डलाई ऐतिहासिक फाइनलमा पुर्याउन नायक बनेका पाँच खेलाडी

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.