4 years ago
November 12, 2021
एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले कसैले पनि खेलाडीको गल्तीमाथि प्रश्न नउठाउन अनुरोध गरेका छन् । बिहीबार दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियासँग ५ विकेटले पराजित भएपछि बाबरले खेलाडीलाई सम्झाउँदै उक्त सन्देश दिएका हुन् ।

‘दुःख सबैलाई छ । हामीले कहाँ गल्ती गर्यौ र कहाँ राम्रो गर्नुपर्ने थियो कसैले भन्नु प्रर्दैन । यो सबैलाई थाहा छ । अव हारको पिडाबाट हामी बाहिर निस्कन सिक्नुपर्छ । हाम्रो टिम निर्माण र एकता बनेको छ । यसलाई टुट्न दिनुहुँदैन’, बाबरले खेलपछि ड्रेसिङ रुममा खेलाडीलाई सम्झाउँदै भनेका छन् ।
‘कसैले पनि कसैको गल्तीमाथि प्रश्न नआउठाउनु । यसले राम्रो गर्यो वा गरेन । यसले गर्दा हार्यौ वा उसले उस्तो गर्यो । भनेर कसैले कसैलाई नभन्नु । हामी टिमलेनै राम्रो खेलेनौं । सबैले सम्पूर्ण कुरा सकरात्मक मात्र गर्नु । नरात्मक कुरा कसैले पनि नगुर्न । हार भयो त भयो । यसमा चर्चा गर्नु हुँदैन । यसबाट हामी सिक्नेछौं’, बाबरले भावुक हुँदै भनेका छन् ।
उनले त्यसैमा थपे, ‘आगमी दिनमा गल्तीलाई सुधार गर्दै अघि बढ्नुपर्छ । हामीले धेरै कठिनका साथ यो टिम र एकता निर्माण गरेका छौं । यसलाई टुटाउनु हुँदैन । टिम निर्माण गर्न धेरै कठिन पर्छ । एकदमै राम्रो परिवारको बातावरण राख्यौं । म सबै खेलाडीलाई सहयोग गर्छु । सबैले आफ्नो योगदान दिएका छन् । सबैले आफ्नो जिम्मेवारी लिएका छन् । टिमबाट चाहिने पनि यहिँ नै हो ।”

‘प्रयास हाम्रो हातमा हुन्छ । नतिजा हुँदैन । प्रयास गरि रहँदा नतिजा आफैं हातमा आउँछ । म फेरि पनि भन्छु दुःख सबैलाई छ । कसैले मनोबल कमजोर नबनाउनु । एक अर्कालाई आवश्यक पर्ने र साथ दिने समय यहिँ हो । यो दुःखमा हामी जति कम गर्छौ त्यतिनै राम्रो हुनेछ । हामी यसबाट सिक्ने छौं । हार मान्ने छैनौं’, बाबरले भनेका छन् ।
दुबईमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । पाकिस्तानका मोहम्मद रिजवान ६७, बाबर आजम ३९ र फखार जमानले ५५ रन बनाएका थिए । १ सय ७७ रनको विजयी लक्ष्य अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । अष्ट्रेलियाका ओपनर डेविड वार्नर ४९, म्याथ्यु वेड ४१ र मार्कस स्टोइनिस ४० रन बनाएका थिए । पाकिस्तानका शादब खानले ४ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् ।

पाकिस्तान सुपर १२ को समूह २ मा ५ खेलमा ५ मानै जितका साथ शीर्ष स्थानमा रहेर सेमिफाइनल खेलेको थियो । समूह चरणमा पाकिस्तानले भारतलाई १० विकेट र न्युजिल्यान्डलाई ५ विकेटले हराएको थियो । अफगानिस्तानलाई ५ विकेट, नामिबियालाई ४५ रन र स्कटल्यान्डलाई ७२ रनले हराएको थियो । टि२० विश्वकप फाइनल आइतबार हुनेछ । फाइनलमा अष्ट्रेलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । न्युजिल्यान्डले पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै पहिलो पटक फाइनलमा स्थान बनाएको थियो ।
यो पनि पढ्नुहोस्ः पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया टि२० विश्वकपको फाइनलमा
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]