6 years ago
December 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कराँतेका विप्लव श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ८४ केजी माथि तौल समूहको स्पर्धामा स्वर्ण जितेका छन् ।

दिवसले फाइनलमा पाकिस्तानका मोहमद बाजलाई पराजित गर्दै नेपालका लागि दशौँ स्वर्ण जितेका हुन् । त्यसअघि उनले श्रीलंकाका मग्गोनालाई टेक्निकलका आधारमा पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । कराँतेमा यो पाँचौ स्वर्ण हो । यसअघि काँतामा नेपालले ३ स्वर्ण जितेको थियो । काँतामा टिम इभेन्टको महिला र पुरुष तथा एकलतर्फ मन्डेकाजी श्रेष्ठले स्वर्ण जितेका थिए । कुमुतेतर्फ लक्ष्मण तामाङपछि यो दोस्रो स्वर्ण हो ।

नेपालका लागि तेक्वान्दोबाट पनि ४ स्वर्ण आएको छ । पुम्सेतर्फ कमल श्रेष्ठ, पार्वती गुरुङ, सिमा मादेन लिम्बू र आयशा शाक्यले स्वर्ण पदक हात पारेका छन् । ट्रायथलनमा पनि सोनी गुरुङले स्वर्ण पदक हात पारेकी छिन् ।

ताजा अपडेट :
करातेमा लक्ष्मणले दिलाए अर्को स्वर्ण
२ छोराकी आमा आयशाले जितिन् स्वर्ण
साग तेक्वान्दोमा पार्वतीले दिलाइन स्वर्ण
सिनाले दिलाइन् तेक्वान्दोमा दोस्रो स्वर्ण
मण्डेकाजी सम्मिलित नेपाललाई टिम कातामा स्वर्ण
ट्रायथोलनमा सोनीलाई स्वर्ण, नेपालको स्वर्ण संख्या ४ पुग्यो
अन्जलीको अद्भुत प्रदर्शनसँगै विश्व कीर्तिमान
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]