default_image

3 years ago

July 19, 2021

वाइवाइ डाइनामाइट कन्टेस्ट विजेतालाई पुरस्कार वितरण

106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कोपा अमेरिका २०२१ र युरोपेली च्याम्पियनसिप २०२० को फाइनलमा लागि हाम्रो खेलकुद डट कम र सिजी फुड्सको उत्पादन वाइवाइ डाइनामाइटले संयुक्त रुपमा आयोजना गरेको कन्टेस्टको विजेतालाई पुरस्कार वितरण गरिएको छ ।

दुवै महादेशीय प्रतियोगिताको फाइनलमा गरेर कुल ९ हजार जनाले स्कोर अनुमान लगाएका थिए । त्यसमध्य सहि स्कोर मिलाउने ५-५ जनाले प्रतिव्यक्ति २ बक्स डाइनामाइट चाउचाउ जितेका थिए । दुवै कन्टेस्टमा सहभागिता जनाउने ५-५ जनाले प्रतिव्यक्ति १-१ बक्स चाउचाउ प्राप्त गरेका थिए । विजेताहरुलाई सिजी प्रतिनिधिमार्फत पुरस्कार हस्तान्तरण गरिएको थियो ।

सिजीले वाइवाइ डाइनामाइट चाउचाउ एक्स्ट्रा स्पाइसी चिकेन स्वादमा सय ग्राम तौलको प्याकमा उपलब्ध गराएको छ । यसको बजार मूल्य ५० रूपैयाँ कायम गरिएको छ । चाउचाउको प्याकमा सिजनिङ स्यासे, स्वाद बढाउने मसला पेस्ट र सुकाइएका तरकारी राखिएका छन् । यो सामान्य खुद्रा पसलदेखि सुपर मार्केटसम्म सजिलै उपलब्ध रहेको छ ।

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मान (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो । पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा भएको दोस्रो लेगमा […]

May 8, 2024

दिल्लीको राजस्थानविरुद्ध जित

एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ । दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय […]

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

Success

Thank you for your time.