default_image

2 years ago

November 21, 2021

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक सोल्सायर बर्खास्त

135 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले आफ्नो प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गरेको छ । प्रिमियर लिग अन्र्तगत वाट्फोर्डसँग लज्जास्पद हार बेहोरेपछि क्लबले प्रशिक्षक सोल्सायरलाई बर्खास्त गरेको हो ।

प्रिमियर लिगमा शनिबार राति म्यानचेस्टर युनाइटेड घरेलु टोली वाट्फोर्डसँग ४–१ ले पराजित भएको थियो । वाट्फोर्डसँगको हारसँगै प्रशिक्षक सोल्सायरसहित बसेको क्लबको बोर्ड बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

झन्डै ५ घन्टा चलेको आन्तरिक छलफलबाट आपसी समझदारीमै सोल्सायरलाई प्रशिक्षणको जिम्मेवारीबाट हटाउने सहमति भएको बताइएको छ । उनको स्थानमा माइकल क्यारिकलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको छ ।

यो सिजन युनाइटेडले सोचेअनुरुपको प्रदर्शन गर्न नसक्दा उनीको जागिर धरापमा रहेको समाचारहरु बाहिरिएको थियो । निराशजनक प्रदर्शनले हरेक खेलहरु उनको लागि टाउको दुखाईको विषय बन्दै आएको थियो । अन्तर्राष्ट्रिय विश्रामपछिको पहिलो खेलमै खराव नतिजा आत्मसात गरेपछि उनीमाथि थप दवाव सिर्जना भएको थियो ।

म्यानचेस्टर युनाइटेडकै ४८ वर्षीय पुर्व नर्वेजियन फरवार्ड सोल्सायर सन् २०१८ डिसेम्वरमा युनाइटेडको मुख्य प्रशिक्षक बनेका थिए । त्यसयता, उनको प्रशिक्षणमा युनाइटेडले १६८ खेल खेल्दा ९१ जित, ३७ बराबरी र ४० हारको नतिजा निकालेको छ । युनाइटेड आएपछि उनले टोलीमा परिवर्तन गरेपनि कुनै उपाधि जित्न सकेनन् ।

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

Success

Thank you for your time.