default_image

2 years ago

November 24, 2021

म्यानचेस्टर सिटी र पीएसजी भिड्दै

102 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणमा आज (बुधबार) राति पाँचौ राउन्डको विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुदैछ । साविकको उपविजेता इंग्लिस क्लब म्यानचेस्टर सिटीले घरेलु मैदानमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को आतिथ्यता गर्दैछ ।

खेल इतिहाद स्टेडियममा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । दुवै टोली जित निकाल्दै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गर्न चाहन्छ । चार खेल खेलेको सिटी ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान खेलबाटै पीएसजी ८ अंक जोडेर दोस्रो स्थानमा छ ।

सिटीको मैदानमा हुने यस खेलमा घरेलु टोली चौथो जित निकाल्दै च्याम्पियन्स लिगमा छनोट हुन चाहन्छ । टोलीसँग रहिम स्टर्लिङ, फिल फोडेन, रियाद महारेज, इल्केए गुन्डोगान, रोड्री, बर्नाडो सिल्भा, जोओ क्यान्सेलो, एमेरिक लापोर्टा, रुवेन डियास, केल वाल्कर र गोलरक्षक इडर्सन मोराएस रहेका छ्न् । कोभिडका कारण मिडफिल्डर केभिन डि ब्रुयन तथा चोटका कारण ज्याक ग्रेलिस र फेरान टोरेस टोलीमा हुने छैनन् ।

यता, पीएसजी पनि घरेलु टोलीलाई पराजित गर्दै च्याम्पियन्स लिगमा स्थान पक्का गर्न चाहन्छ । टोलीसँग केलियन एमबाप्पे, लियोनेल मेस्सी, मार्काे भेराट्टी, ड्यानियल पारेडेस, इड्रिसा गाना गुआई, मार्किन्हस, प्रेसनेल केमपेम्वे र अचरफ हाकिमी रहेका छन् । यसै समरमा स्पेनिस क्लब रियल म्याड्रिडबाट आबद्ध भएका सर्जियो रामोसले पीएसजीबाट डेब्यु गर्ने सम्भावना रहँदा चोटका कारण नेयमारले खेल्ने सम्भावना न्युन छ ।

यि दुई टोलीको पछिल्लो ५ खेलको नतिजामा सिटी ३ खेलमा विजयी भएको छ । एक खेल पीएसजीले आफ्नो पक्षमा पार्दा एक खेल बराबरीमा सकिएको छ । पछिल्लो खेलमा पीएसजीले सिटीलाई २–० ले पराजित गरेको थियो । जसमा मेस्सीले पनि गोल गरेका थिए ।

यही समूहको अर्काे खेलमा क्लब ब्रुग र आरबी लाइप्जिगबीच राति १ः४५ बजे नै प्रतिस्पर्धा हुनेछ । क्लब ब्रुगलाई च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने सम्भावना जीवित राख्न जितको खाँचो छ । लाइप्जिगको नकआउट चरण पुग्ने सम्भावना सकिएको छ ।

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

May 6, 2024

एन्फा राजनीति मैदानभित्र पस्दा खेलाडीको खेल्ने अधिकार कुण्ठित!

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान पल्टाउने हो भने संघको उद्देश्यको पहिलो बुँदामै फुटबल खेलको निरन्तर सुधार गर्ने तथा स्वच्छ खेल र आपसी एकताका कार्यक्रम प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । तर संघको वर्तमान कार्यशैली हेर्दा न खेलको सुधारमा ध्यान देखिन्छ न त आपसी एकता नै । विगत केही वर्षयता गुटको […]

Success

Thank you for your time.