default_image

2 years ago

December 1, 2021

रियल म्याड्रिडले ट्रान्सफर विन्डोमा गर्ने ५ निर्णय

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका लागि आउदो जनवरी महिना ठुला निर्णय गर्ने महिनाको रुपमा देखिने भएको छ । यसपटकको विन्टर ट्रान्सफरमा रियलले खेलाडी अनुबन्धमा केही महत्वपुर्ण निर्णय गर्न सक्नेछ । सोही कारण रियल जनवरी महिना भरि नै व्यस्त हुन सक्नेछ । गत जनवरी (२०२०) मा रियलले अष्ट्रियन भर्सटाइल डेभिड अलाबालाई क्लबमा अनुबन्ध गर्न सफल […]

56 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका लागि आउदो जनवरी महिना ठुला निर्णय गर्ने महिनाको रुपमा देखिने भएको छ । यसपटकको विन्टर ट्रान्सफरमा रियलले खेलाडी अनुबन्धमा केही महत्वपुर्ण निर्णय गर्न सक्नेछ ।

सोही कारण रियल जनवरी महिना भरि नै व्यस्त हुन सक्नेछ । गत जनवरी (२०२०) मा रियलले अष्ट्रियन भर्सटाइल डेभिड अलाबालाई क्लबमा अनुबन्ध गर्न सफल भएको थियो । नयाँ सिजनदेखि रियलमा उनले आफ्नो प्रदर्शनमा कुनै कमी गरेका छैनन् । यो विन्टरमा पनि रियल यस्तै सम्झौता गर्न चाहन्छ ।

केलियन एमबाप्पे मुख्य प्राथमिकतामा रहँदा पउल पोग्वा र एन्टेनियो रुडिगर पनि रियलको नजरमा रहेको छ । उनीहरुको अर्काे समर ट्रान्सफरमा फ्रि एजेन्ट बन्नेछन् ।

रियलले जनवरीमा केही खेलाडीलाई बिदाई गर्ने सम्भावना छ । लुका जोभिक, मारियानो डियाज, मार्सेलो, इस्को र ग्यारेथ बेलको भविष्य जनवरीमा नै निर्धारण हुन सक्नेछ । उनीहरुले यो सिजनमा विरलै मौका पाएका छन् ।

पहिलो एमबाप्पे

रियल र एमबाप्पेबीचको अनुबन्धको चर्चा धेरै वर्षअघि देखि चलिरहेपनि त्यो सफल हुन सकेको छैन । तर, जनवरी १ देखि रियल म्याड्रिडले उनीसँग स्वतन्त्र रुपमा कुरा गर्न सक्छ । यो ३५ दिनको अवधिमा रियलले उनलाई नयाँ सिजन (२०२२–२३) देखि लागु हुने गरी सम्झौता गर्न सक्छन् ।

रियलले गत समरमा २२ वर्षीय फ्रान्सेली युवा फरवार्ड एमबाप्पेको लागि २० करोड युरोमा अनुबन्ध गर्ने प्रयास गरेपनि उनको क्लब पीएसजीले उनलाई छाड्न राजी भएन । आउदो समरसँगै फ्रि ट्रान्सफर हुने भएकाले अब एमबाप्पेलाई पीएसजीले रोक्न सक्ने छैन । एमबाप्पेको सम्झौता सस्तो नहुने भएकाले रियलले तत्कालै सम्झौता नगर्न सक्छ ।

अर्काे रुडिगर र पोग्वा

रियल म्याड्रिडले चेल्सीका एन्टेनियो रुडिगर र म्यानचेस्ट युनाइटेडका पउल पोग्वालाई नजर लगाइरहेको छ । उनीहरुको सम्झौता आउदो समरसँगै सकिदैछ । यो कुनै गोप्य छैन कि फ्रान्सका पोग्वाले रियलबाट खेल्ने मनासय बनाइसकेका छन् । बेन्जेमा र एमबाप्पेसँग खेल्न चाहन्छन् । तर यो सजिलो हुनेछैन ।

पोग्वाको आगमनले फेडे भाल्भेर्डे र इडुआर्डाे कामाभिंगाको प्रदर्शनमा बाधा पुग्ने सक्नेछ । अर्काे रुडिगर हो किनकि उनले चेल्सीमा नयाँ सम्झौता गरेका छैनन् । रियल आफ्नो रक्षापङ्तिलाई थप मजवुत बनाउन चहान्छ । उनको बजार मुल्य १२ मिलियन युरो रहेको छ । यो रियलले पुर्ति गर्न सक्नेछ ।

मारियानो र जोभिक

मारियानो डियाज र लुका जोभिकले जनवरी ट्रान्सफरमै रियल म्याड्रिड छाड्न सक्नेछन् । गत समरमै रायो भालेकानोले लोनमा मारियानोलाई अनुबन्धको प्रस्ताव राखेपनि उनले रियलमै बस्ने निर्णय गरेका थिए । भ्यालेन्सियाले पनि उनलाई चासो देखाएको थियो । जनवरीमा रियल छोड्न सक्ने अर्का खेलाडी जेसस भालेजो हो । जसले कार्लाे एन्सेलोटीको नेतृत्वमा खेल्ने मौका पाएका छैनन् ।

भिनि र मिलिसाओको नविकरण

सन् २०२२ मा रियलको अर्काे प्राथमिकता भिनिसियस जुनियर र इडर मिलिसाओको सम्झौता नविकरण गर्नु हो । उनको हालको सम्झौता २०२४ सम्म रहेपनि उनी आफ्नो पारिश्रमिक बढाउन चहान्छ । २१ वर्षीय भिनिबारे रियललाई थाहा छ । रियल भिनिलाई गुमाउन चाहदैन ।

क्लब भिनिको अवस्थाको बारेमा चिन्तित छैन । किनकि उनीहरुलाई क्लबको माया थाहा छ । विभिन्न क्लबबाट आएका प्रस्तावलाई अस्वीकार गरेका छन् । रियलले इडर मिलिसाओको पनि सम्झौता नविकरण आवश्यक छ । मिलिसाओको सम्झौता सन् २०२३ सम्म रहेको छ । सिजनको अन्त्य हुनुअघि क्लब र मिलिसाओबीच सम्झौता नविकरण हुन सक्नेछ ।

मार्सेलो, इस्को र बेल

यहाँ पर्खनुबाहेक केही बाँकी छ । सिजनको अन्त्यसम्ममा मार्सेलो, इस्को र बेलले क्लब छाड्न सक्नेछन् । यि तीन खेलाडीलाई रियलले भव्य बिदाई गर्ने सम्भावना छ ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.