default_image

2 years ago

December 1, 2021

च्यारिटी खेलमा रोनाल्डिन्होको ह्याट्रिक

एजेन्सी – ब्राजिलियन भेट्रान मिडफिल्डर रोनाल्डिन्होले च्यारिटी खेलमा ह्याट्रिक प्रहार गरेका छन् । ब्राजिलको स्टेडियो रेइ पेलेमा मंगलबार राति भएको च्यारिटी खेलमा ४१ वर्षीय रोनाल्डिन्होले आफ्नो अद्भुत कला पस्कदै समर्थकमाझ ह्याट्रिक पुरा गरेका हुन् । टिम रोनाल्डिन्हो र टिम कार्लिनहसबीचको च्यारिटी खेलमा रोनाल्डिन्होको टोली ५–१ ले विजयी हुन सफल भयो । उनले आफ्नो इन्स्टाग्रामको पोस्टको […]

44 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन भेट्रान मिडफिल्डर रोनाल्डिन्होले च्यारिटी खेलमा ह्याट्रिक प्रहार गरेका छन् । ब्राजिलको स्टेडियो रेइ पेलेमा मंगलबार राति भएको च्यारिटी खेलमा ४१ वर्षीय रोनाल्डिन्होले आफ्नो अद्भुत कला पस्कदै समर्थकमाझ ह्याट्रिक पुरा गरेका हुन् ।

टिम रोनाल्डिन्हो र टिम कार्लिनहसबीचको च्यारिटी खेलमा रोनाल्डिन्होको टोली ५–१ ले विजयी हुन सफल भयो । उनले आफ्नो इन्स्टाग्रामको पोस्टको क्याप्सनमा ‘मेसियोमा २०२१ गेम अफ जोयमा उपस्थित सबैलाई धन्यवाद’ ह्याट्रिक प्रहार गरेको भिडियो शेयर गरेका छन् । च्यारिटी खेलमा रोनाल्डिन्होले रोनाल्डोको छोरासँग खेलेका थिए ।

‘यो कार्यक्रममा सहभागी भए र अर्काेलाई मद्दत गर्न पाउँदा र यति धेरै कलाकारहरु देख्न पाउँदा खुशी लाग्यो, हामी अझै मैदानमा थोरै खेल्न सक्छौं ।’ रोनाल्डिन्होले लेखेका छन् । ब्राजिलका लेजेन्डमध्येका एक रोनाल्डिन्हो ब्राजिलले सन् २००२ मा जापान र दक्षिण कोरियामा भएको विश्वकपको उपाधि जित्दा उनी टोलीका महत्वपुर्ण सदस्य थिए ।

मिडफिल्डर रोनाल्डिन्होले ब्राजिलका लागि ९७ खेल खेल्दा ३३ गोल गरेका छन् । रोनाल्डिन्होले क्लब फुटबलमा सबैभन्दा उत्कृष्ट समय क्याटलान क्लब बार्सिलोनामा बिताएका थिए । उनले ५ वर्ष बार्सिलोनामा बिताउँदा दुई स्पेनिस ला लिगा र एक च्याम्पियन्स लिग जितेका थिए । सोही समयमा उनले बालोन डि ओर अवार्ड जितेका थिए ।

उनले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र इटालियन क्लब एसी मिलानबाट पनि व्यवसायिक खेल खेलेका थिए । गत वर्ष उनी नक्कली पासपोर्ट र कागजात बोकेको आरोपमा पाराग्वेमा पक्राउ परेका थिए । झन्डै पाँच महिना जेल बसेपछि उनलाई रिहाई गरिएको थियो ।

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

Success

Thank you for your time.