default_image

2 years ago

December 4, 2021

लिगमा पकड जमाउँदै रियल म्याड्रिड र पीएसजी

161 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) यो सिजनको घरेलु लिगको उपाधिको मुख्य दावेदारको रुपमा उभिएका छन् ।

स्पेनिस ला लिगामा रियलले १५औं राउन्डको खेल सकिदा दोस्रो स्थानको टोली एट्लेटिको म्याड्रिड र रियल सोसिडाडलाई ७ अंकले पछि पारेको छ । एट्लेटिकोले एक खेल कम खेलेको छ । यता, पिएसजीले लिग वानमा दोस्रो स्थानको मार्सेमाथि १२ अंकको स्पष्ट अग्रता लिएको छ ।

युरोपका अन्य घरेलु लिगमा उपाधिको लागि कडा प्रतिस्पर्धा रहँदा रियल र पिएसजीले भने एकपक्षीय अग्रता लिन सफल भएका हुन् । इंग्ल्यान्डको इंग्लिस प्रिमियर लिग र जर्मनीको बुन्डेसलिगामा शीर्षस्थानमा निकै प्रतिस्पर्धा छ ।

प्रिमियर लिग सदाझैं रोमान्चक

यो सिजनको प्रिमियर लिगको उपाधि होड थप रोमान्चक बनेको छ । चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुल यो सिजनको उपाधिको दावेदारको रुपमा रहेको छ । थोमस टुचेलको नेतृत्वमा रहेको चेल्सी १४ राउन्डको खेल सकिदा ३३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । म्यानचेस्टर सिटीको ३२ तथा लिभरपुलको ३३ अंक छ । चौथो स्थानमा रहेको वेस्टह्याम तेस्रो स्थानको लिभरपुलसँग ७ अंकले तथा शीर्षस्थानको चेल्सीसँग ९ अंकले पछि छ ।

बायर्नलाई डर्टमुन्डको चुनौती

जर्मन जाइन्ट बायर्न म्युनिख लगातार १०औं सिजन बुन्डेसलिगा च्याम्पियन बन्ने लक्ष्यमा रहँदा यसपटक बोरुसिया डर्टमुन्डले दवाव बढाइरहेको छ । बुन्डेसलिगाको १३औं चरणको खेल सकिदा बायर्न र डर्टमुन्डबीच १ अंकको अन्तर छ । बायर्नको ३१ तथा डर्टमुन्डको ३० अंक छ । यो साता यी दुई टोली एक आपसमा भिड्दैछन् ।

डर्टमुन्ड सन् २०११–१२ को सिजनमा उपाधि जितेयता च्याम्पियन बन्न सकेको छैन । त्यसयताको सबै सिजनमा बायर्न नै च्याम्पियन बनेको छ । चोटबाट फर्किएको एर्लिङ ब्राउट हालान्डको प्रदर्शनमा नै डर्टमुन्डको भविष्य निर्धारण हुने सम्भावना छ ।

सिरी ‘ए’ खुला

यो सिजन युभेन्ट्सलाई इटालियन सिरी ‘ए’ को उपाधि दौडबाट बाहिर राख्दा नेपोली, एसी मिलान, इन्टर मिलान र एटलान्टाबीच शीर्षतामा ठुलो लडाई भइरहेको छ । नेपोलीको ३६, मिलानको ३५, इन्टरको ३४ र एटलान्टाको ३१ अंक छ । यि शीर्ष टोलीबीचको भिडन्तले नै यो सिजनको सिरी ‘ए’ को उपाधिको टुंगो लगाउन सक्नेछ । नेपोली लामो समयपछि सिरी ‘ए’ को उपाधिको खोजीमा रहँदा उसलाई मिलान, इन्टर र एटलान्टाले दवाव बढाइरहेको छ ।

डच लिगमा आयाक्सको शीर्षता यथावत रहेपनि उनलाई फियोनुर्डले पछ्याइरहेको छ । आयाक्को ३६ तथा फियोनुर्डको ३२ अंक छ । पोर्चुगिज प्रिमेइरा लिगामा पोर्टाे र स्पोर्टिङ सीपी १२ खेलबाट ३६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । बेन्फिका समान खेलबाट एक अंकले पछि छ । २००२ र गत सिजनको उपाधि विजेता स्पोर्टिङ सीपी यो सिजन पनि उपाधि जित्ने भियानमा हुनेछ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.