default_image

2 years ago

December 4, 2021

वेस्ट ह्यामले शीर्षस्थानको चेल्सीलाई हरायो

93 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको लन्डन डर्बीमा वेस्ट ह्याम युनाइटेडले दुई पटक पछि परेको अवस्थालाई उल्टाउँदै अंक तालिकाको शीर्षस्थानमा रहेको चेल्सीलाई पराजित गरेको छ ।

घरेलु मैदानमा वेस्ट ह्यामले अन्तिम समयमा गोल गर्दै ३-२ को रोमान्चक जित दर्ता गर्यो । चेल्सीले खेलको २८ औं मिनेटमा थियागो सिल्भाको गोलमा अग्रता लिएको थियो । मेसन माउन्टको कर्नरमा सिल्भाले हेडरमार्फत गोल गरेका थिए । तर वेस्ट ह्यामले ४० औं मिनेटमा पेनाल्टीमार्फत बराबरीको अवसर पायो ।

जर्जिन्होको ब्याक पासलाई जेरड बोवेनले भेटेपछि उनलाई रोक्ने क्रममा गोलरक्षक एडुआर्ड मेन्डीले फल गरेपछि घरेलु टोलीले पेनाल्टी पाएको थियो । म्यानुएल लान्जिनीले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । तर पहिलो हाफको एक मिनेट समय बाँकी रहँदा चेल्सीले पुन: अग्रता लियो । हाकिम जिएचको क्रसमा माउन्टले भलीमा गोल गरेका थिए ।

दोस्रो हाफको ५६ औं मिनेटमा वेस्ट ह्यामले खेल बराबरीमा ल्यायो । भ्लादिमिर कौफलको पासमा बोवेनले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गोल गरे । खेलको ३ मिनेट बाँकी रहँदा अर्थर मासुआकुले उत्कृष्ट गोल गर्दै टोलीको जित पक्का गरे । बायाँ विंगबाट उनले गरेको लामो प्रहारमा गोलरक्षक मेन्डी बिट भएका थिए ।

यस जितसँगै वेस्ट ह्यामले अंक तालिकामा चेल्सीसँगको दुरी ६ अंकमा झारेको छ । टोली १५ खेलमा २८ अंकसहित चौथो स्थानमा उक्लिएको छ । चेल्सीको १४ खेलमा ३३ अंक छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.