default_image

2 years ago

December 5, 2021

भिनि र जोभिकको गोलमा रियल म्याड्रिडको जित

101 views

0 Bookmark

एजेन्सी – ब्राजिली विंगर भिनिसियस जुनियर र सर्वियन फरवार्ड लुका जोभिकको गाल मद्दतमा स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ ।

रियलले घरेलु टोलीमाथि २–० को सहज जित निकाल्दै शीर्षस्थानमा पकड बलियो बनाएको हो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । चोटका कारण कप्तान करिम बेन्जेमाले १९औं मिनेटमा मैदान छाड्नुपरेपनि उनको स्थानमा आएका जोभिकले एक गोल र अर्काे गोलको लागि असिस्ट दिदै आफ्नो बलियो उपस्थिति देखाए ।

रियाले एरिनामा शनिबार राति भएको खेलमा रियलले खेलको ४७औं मिनेटमा भिनिसियस जुनियरको गोलबाट अग्रता लिएको थियो । उनले लुका जोभिकको पासमा गोल गरेका थिए । जारी सिजनको ला लिगामा २१ वर्षीय भिनिको यो १६औं खेलमा १०औं गोल हो । उनले यो सिजन रियलका लागि उनको यो १२औं गोल हो ।

त्यसको १० मिनेटपछि जोभिकले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । जोभिकले क्यासमिरोको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा रियलले जित निकाल् सफल भयो । जितसँगै रियल म्याड्रिडले शीर्षस्थानमा ८ अंकको अग्रता बनाएको छ ।

रियलको १६ खेलबाट ३९ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको सेभियाको ३१ अंक छ । रियल बेटिसको ३० तथा एक खेल कम खेलेको एट्लेटिको म्याड्रिडको २९ अंक छ । पराजित सोसिडाड २९ अंक जोडेर पाँचौ स्थानमा झरेको छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.