default_image

3 years ago

December 5, 2021

वाइनाल्डमको गोलमा पीएसजी हारबाट जोगियो

140 views

0 Bookmark

एजेन्सी – डच मिडफिल्डर जर्जिन्हो वाइनाल्डमले इन्ज्युरी समयमा गोल गरेपछि फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) हारबाट जोगिएको छ ।

पिएसजीले घरेलु टोली लेन्ससँग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो । डेलिलिस फ्रान्समा शनिबार राति भएको खेलमा घरेलु टोली लेन्सले ६२औं मिनेटमा सेको फोफानाको गोलबाट अग्रता लिएको थियो । उनले चिक ओउमार डोउकौरेको पासमा गोल गरेका थिए ।

हारतर्फ उन्मुख पिएसजीलाई वाइनाल्डमलले इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोल गर्दै हारबाट जोगाए । उनले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए । पिएसजीको यो लगातार दोस्रो बराबरीको नतिजा हो । यसअघि पिएसजीले निससँग गोलरहित बराबरी खेलेको थियो ।

यो बराबरीसँगै पिएसजी १७ खेलबाट ४२ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पिएसजीले दोस्रो स्थानको मार्सेलाई १३ अंकले पछि पारेको छ । लेन्स २७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

February 9, 2025

५ पटकको विजेता थ्री स्टार र मच्छिन्द्र खेल्दै

पोखरा (हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा आज सहिद स्मारक ए डिभिजन लिगका दुई टोली थ्री स्टार क्लबले र मच्छिन्द्र एफसीबिच प्रतिस्पर्धा हुँदैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।५ पटकको आहा रारा विजेता थ्री स्टारले यसपटक सिधै क्वाटरफाइनलमा प्रवेश पाएको थियो। मच्छिन्द्रले भने पहिलो खेलमा पूर्व विजेता […]

February 9, 2025

सिटीको पुनरागमन जित, चेल्सी पराजित

एजेन्सी- एफए कपमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकाल्दा अर्को खेलमा चेल्सी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। केभिन डि ब्रुएनाको निर्णायक गोलमा सिटीले लेटन ओरिएन्टलाई २-१ ले हरायो। सिटीका अब्दुकोदिर खुसानोभ बराबरी गोल गरेका हुन्। खेलको १६औं मिनेटमा स्टेफन ओर्टेगाको आत्मघाती गोलवाट लेटनले अग्रता लियो । ५६औं मिनेटमा खुसानोभले सिटीका लागि बराबरी गोल फर्काए । डि […]

February 9, 2025

एमबाप्पेको गोलमा रियल हारबाट जोगियो

एजेन्सी – किलियन एमबाप्पेको गोलमा रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । रियलले शनिवार सिटी डर्बीमा एट्लेटिको मड्रिडसँग १-१ को बराबरी खेल्यो । घरेलु मैदानमा भएको खेलमा रियलका लागि एमबाप्पे तथा एट्लेटिकोको लागि जुलियन अल्भारेजले गोल गरे । खेलमा अग्रता एट्लेटिकोले लियो । ३५औं मिनेटमा पेनाल्टीमार्फत अल्भारेजले एट्लेटिकोको लागि गोल गरे । एमबाप्पेले […]

Success

Thank you for your time.