default_image

2 years ago

December 7, 2021

रेलिगेसन जोनको गेटाफेसँग बिल्वाओ रोकियो

77 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा एथलेटिको बिल्वाओ रेलिगेसन जोनमा संघर्ष गरिरहेको गेटाफेसँग बरारबीमा रोकिएको छ । घरेलु टोली गेटाफेसँग बिल्वाओ गोलरहित बराबरीमा रोकिएको हो ।

बल पोसेसन राख्दै घरेलु टोलीलाई दवावमा राखेपनि फिनिसिङमा चुक्दा बिल्वाओले गुमाउन पुग्यो । १५औं मिनेटमा युनाई भेन्सेडोरको पासमा इनिगो मार्टिनेजको हेडर प्रयास खेर गयो । १९औं मिनेटमा इनिगोकै प्रहार पोस्ट नजिकैबाट बाहिरिदा बिल्वाओ अग्रता लिनबाट चुक्यो ।

२२औं मिनेटमा घरेलु टोलीका कार्लाेस एलेनाको प्रहार बाहिरियो । ४४औं मिनेटमा इनाकी विलियम्सको प्रहारले पनि पोस्टको दिशा लिन सकेन । ६०औं मिनेटमा बिल्वाओका राहुल गार्सियाले सुवर्ण अवसर खेर फाले । त्यसपछि दुवै टोलीबाट केही आक्रमण बुनेपनि सदुपयोग हुन नसक्दा खेल गोलरहित बराबरीमा टुंगियो ।

यो बराबरीसँगै बिल्वाओ १६ खेलबाट २१ अंक जोडेर नवौं स्थानमा रहँदा सातौं स्थानमा उक्लने मौका गुमाएको छ । गेटाफे ११ अंक जोडेर रेलिगेसन जोनको १९औं स्थानमा रहेको छ ।

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

Success

Thank you for your time.