default_image

2 years ago

December 7, 2021

रियल म्याड्रिड र इन्टर मिलान भिड्दै

106 views

0 Bookmark

एजेन्सी – युईएफए च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा आज (मंगलबार) राति समूह विजेता बन्न स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन क्लब इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समयअनुसार राति १ः४५ बजे रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुनेछ । घरेलु मैदानमा हुने खेलमा रियल इन्टरलाई पराजित गर्दै समूह ‘डी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्ने दाउमा हुनेछ ।

रियल ५ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । शीर्षस्थानमा रहेको रियललाई समूह विजेता बन्न बराबरी नै पर्याप्त हुनेछ । तर रियल जितसहित अघि बढ्न चाहन्छ । इन्टरविरुद्ध कप्तान तथा फरवार्ड करिम बेन्जेमाले खेल्ने सम्भावना न्युन छ । उनले रियल सोसिडाडविरुद्ध २–० को जित निकालेको खेलमा चोट बोक्दै मैदान छाडेका थिए ।

उनको स्थानमा लुका जोभिकले खेल्ने सम्भावना छ । टोलीसँग भिनिसियस जुनियर, मार्काे एसेन्सियो, क्यासमिरो, टोनी क्रुस, लुका मोड्रिच, डेभिड अलाबा, इडर मिलिसाओ, ड्यानी कार्भाजल, फेडे भाल्भेर्डे र गोलरक्षक थिवाउट कोर्टुवा रहेका छन् ।

यता, इन्टर मिलान पनि घरेलु टोलीलाई पराजित गर्दै समूह विजेता बन्दै अघिल्लो चरणमा पुग्ने योजनामा मैदान उत्रनेछ । रियललाई हराउन सके इन्टर समूह विजेता बन्नेछ ।

बराबरी या हारले इन्टर समूह उपविजेता नै बन्नेछ । टोलीसँग लाउटारो मार्टिनेज, इडेन जेको, इभान पेरिसिस, हाकान चाल्हानोग्लु, मार्सेलो ब्रोजोभिच, निकोला बरेल्ला, डेन्जेल डमफ्रेज, स्टेफन डि भ्राए, मिलान स्क्रिनिएर र गोलरक्षक समिर हान्डानोभिच रहेका छन् ।

यि दुई टोलीले समूह चरणमा प्रतिस्पर्धा गर्दा रियलले १–० को जित निकोलेको थियो । यि दुई टोली हालसम्म ६ पटक प्रतिस्पर्धा गर्दा ५ खेलमा रियल विजयी हुँदा एक खेल बराबरीमा सकिएको छ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.