default_image

2 years ago

December 8, 2021

इन्टरलाई हराउँदै रियल म्याड्रिड समूह विजेता

67 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै स्पेनिस क्लब रियल म्याड्रिड समूह विजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ ।

घरेलु मैदानमा टोनी क्रुस र मार्काे एसेन्सियोले गोल गरेपछि रियलले २–० को सहज जित निकाल्दै समूह विजेता बन्न सफल भएको हो । दुवै टोलीले समूह चरण पार गरेपनि समूह विजेताको छिनोफानो हुने खेलमा रियलले बाजी मारेको हो ।

सान्टियागो बर्नबेउमा मंगलबार राति भएको खेलको १७औं मिनेटमा मिडफिल्डर टोनी क्रुसको गोलबाट रियलले अग्रता लिन सफल भएको थियो । उनले रोड्रिगोको पासलाई सदुपयोग गरेका थिए ।

६४औं मिनेटमा निकोलो बरेल्ला सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इन्टर समस्यामा परेको थियो । इडर मिलिसाओलाई मुक्का हानेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए । त्यसअघि मिलिसाओले उनलाई अनावश्यक फउल गर्दा उनले पनि पहेलो कार्ड पाएका थिए ।

७९औं मिनेटमा सव्सिच्युट विंगर मार्काे एसेन्सियोले मैदान प्रवेश गरेको पहिलो मिनेटमा गोल गर्दै घरेलु टोली रियलको जित पक्का गरे । उनी ७८औं मिनेटमा रोड्रिगोको स्थानमा मैदान प्रवेश गरेका थिए ।

यो जितसँगै समुह ‘डी’ मा रियलले ६ खेलबाट १५ अंक जोड्यो । रियलले समूहमा एफसी सेरिफसँग मात्रै हार बेहोरेको थियो । पराजित इन्टर १० अंक जोडेर दोस्रो स्थानमा रह्यो । सेरिफ ७ अंक जोडेर तेस्रो स्थानमा रहँदा साख्तर डोनेस्क २ अंकसहित पुछारमा रह्यो ।

मंगलबार राति नै भएको यही समुहको अर्काे खेलमा युक्रेनी क्लब साख्तर डोनेस्क र मोल्दोभाको एफसी सेरिफले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.