default_image

2 years ago

December 8, 2021

लाइप्जिगसँग म्यानचेस्टर सिटीको हार

82 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरिसकेको इंग्लिस क्लब म्यानचेस्टर सिटीले समूह चरणको अन्तिम खेलमा हार बेहोरेको छ ।

सिटीले जर्मन क्लब आरबी लाइप्जिगसँग उसकै मैदानमा २–१ को हार बेहोरेको हो । लाइप्जिगको जितमा डोमिनिक सोबोस्लाई र आन्द्रे सिल्भाले गोल गरे । सिटीका रियाद महारेजले एक गोल फर्काए ।

रेडबुल एरिना लाइप्जिगमा मंगलबार राति भएको खेलको २४औं मिनेटमा डोमिनिक सोबोस्लाईको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । उनले कोनरड लेइमेरको पासमा गोल गरेका थिए । ७१औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै लाइप्जिगको अग्रता दोब्बर पारे । उनले इमिल फोर्सबर्गको पासलाई सदुपयोग गरेका थिए ।

७६औं मिनेटमा रियाद महारेजले ओलेक्सन्डर जिन्चेन्कोको पासमा गोल गर्दै सिटीलाई खेलमा फर्कने संकेत दिए । तर, ८२औं मिनेटमा काइल वाल्कर सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सिटी खेलमा फर्कन सकेन ।

यो हारको बावजुद सिटी समूह ‘ए’ मा ६ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रह्यो । सिटीलाई हराएको लाइप्जिग ७ अंक जोडेर तेस्रो स्थानमा रहँदै छनोटको अन्त्य गर्‍यो ।

यही समूहको अर्काे खेलमा पिएसजीले क्लब ब्रुगमाथि ४–१ को सानदार जित निकालेको छ । पिएसजीको जितमा लियोनेल मेस्सी र केलियन एमबाप्पेले समान २-२ गोल गरे । क्लब ब्रुगका माट्स रिट्सले एक गोल फर्काए । यो जितपछि पिएसजी ११ अंक जोडेर दोस्रो स्थानमा यथावत रह्यो । क्लब ब्रुग ४ अंक जोडेर पुछारमा रह्यो ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.