default_image

2 years ago

December 8, 2021

बार्सिलोना दुई दशकपछि समूह चरणबाट बाहिरिने डर

140 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ई को अन्तिम खेलमा क्याटलान क्लब बार्सिलोनाले बायर्न म्युनिखको सामना गर्दैछ । कोरोना संक्रमणका कारण बायर्नको घरेलु मैदानमा हुने खेल दर्शकविना हुनेछ ।

स्पेनिस लिग अन्तर्गत पछिल्लो खेलमा रियल बेटिससँग १-० ले पराजित भएपछि बार्सिलोनाका नवनियुक्त प्रशिक्षक जाभी हर्नान्डेज दबाबमा छन् । लिगमा सुस्त सुरुवात गरेपछि च्याम्पियन्स लिगको यात्रा जारी राख्न टोलीले आज सकारात्मक नतिजा निकाल्नुपर्छ । बायर्नमाथि जित हासिल गरे बार्सिलोना अन्तिम १६ मा प्रवेश गर्नेछ ।

जर्मन च्याम्पियन बायर्नले समूह विजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरिसकेको छ । बार्सिलोना र बायर्नको खेल बराबरीमा सकिएको खण्डमा अर्को खेलको नतिजाले बार्सिलोनाको भविष्य निर्धारण गर्नेछ । बार्सिलोनाले बराबरी मात्र खेलेर बेन्फिकाले डिनामो किएभविरुद्ध जित निकाल्न नसकेपनि बार्सिलोना नै अघि बढ्नेछ ।

बार्सिलोनाले बराबरी गरेर बेन्फिकाले किएभलाई हराएको खण्डमा भने हेड टु हेड नतिजाका आधारमा बेन्फिका अघि बढ्नेछ । बेन्फिकाले जित हासिल नगरेको अवस्थामा भने बार्सिलोना अघि बढ्ने पक्का छ ।

बेन्फिकाले जितेर बार्सिलोनाले जित हासिल गर्न नसके क्याटलान टोली युरोपा लिगमा घटुवा हुनेछ । यससँगै बार्सिलोनाले २ दशकपछि अन्तिम १६ मा स्थान बनाउनबाट चुक्नेछ । यसअघि सन् २०००/०१ सिजनमा बार्सिलोना समूह चरणबाट नै बाहिरिएको थियो ।

त्यसबेला एसी मिलान र लिड्स युनाइटेड उक्त समूहबाट अघि बढेका थिए । क्लबको लागि निकै खराब समय रहेको उक्त सिजन हालका प्रशिक्षक जाभी आफैं खेलाडीका रुपमा टोलीमा थिए । उनले लोरेंच सेरा फेर्रेरको प्रशिक्षणमा समूहको अन्तिम तीन खेल समेत खेलेका थिए ।

बार्सिलोनाले अन्तिम १६ मा पुग्न नसके इतिहास त बन्ने छ नै, यससँगै आर्थिक रुपमा पनि घाटा बेहोर्नुपर्छ । च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाउन नसक्दा टोलीलाई १० देखि १५ मिलियन युरो घाटा हुने आँकलन रहेको छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.