default_image

2 years ago

December 8, 2021

भरतपुर फुटबल क्लबलाई ठूलो राशीको प्रायोजन

151 views

0 Bookmark


विनोदबाबु रिजाल,
भरतपुर

चितवनको स्थापित भरतपुर फुटबल क्लब (बिएफसी)ले अहिलेसम्मकै ठूलो धनराशीको प्रायोजन पाएको छ । आगामी तीन वर्षका लागि २४ लाख रुपैयाँको प्रायोजनसहित अब यो क्लब ‘केबिए ग्लोबल भरतपुर फुटबल क्लब’ भएको छ ।

क्लबलाई नारायणगढस्थित शैक्षिक परामर्शदाता केबिए ग्लोबलले वार्षिक ८ लाख रुपैयाँ दिने गरी ३ वर्षका लागि मुख्य प्रायोजन गरेको हो । प्रायोजनसम्बन्धी सम्झौतामा बुधबार क्लबका अध्यक्ष लालसिंह गुरुङ र केबिए ग्लोबलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) शम्भु कँडेलले हस्ताक्षर गरे ।

क्लबले यो प्रायोजनलाई मोफसलका क्लबहरूले पाएको अहिलेसम्मकै ठूलो धनराशीको भएको दाबी गरेको छ । ‘यो ठूलो धनराशीको प्रायोजन हो’, क्लबका प्रशिक्षक धु्रव भुषालले भने, ‘काठमाडौँबाहिरका क्लबले यति राशीको रकम प्रायोजन पाएको मलाई जानकारी छैन ।’ यसअघि उक्त क्लबलाई नारायणगढकै सेन्ट्रल कलेज एण्ड भोकेसनल ट्रेनिङ सेन्टरले प्रायोजन गरेको थियो । त्यसबेला सेन्ट्रल कलेजले वार्षिक ५ लाख दिएको थियो ।

केबिएका सिईओ कँडेलले सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत खेलकुदमा लगानी गरेको बताए । अहिले ३ वर्षका लागि मात्रै सम्झौता गरिए पनि लामो समय सँगै जान सकिने उनले बताए । ‘खेल स्वास्थ्यका लागि अनिवार्य छ’, उनले भने, ‘युवाको ठूलो आकर्षण रहने खेलबाट हाम्रो व्यवसाय प्रवद्र्धन पनि हुनसक्छ ।’

केबिएको मुख्य कार्यालय अष्ट्रेलियामा छ । अष्ट्रेलियाको डार्विनमा पनि यो संस्थाले क्रिकेट क्लब सञ्चालन गरिरहेको कँडेलले जानकारी गराए । त्यस्तै अरू क्लबहरू पनि प्रायोजन गरिरहेको उनले जानकारी दिए । कार्यक्रममा बोल्दै चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले फुटबलमा व्यावसायिक संस्थाहरूको आकर्षण देखिनु निकै सुखद भएको बताए । उनले क्लबले पनि व्यवसायिक संगठनको हित सोचेर अघि बढ्नुपर्ने बताए ।

भरतपुर फुटबल क्लब वि.सं. २०५८ सालमा स्थापना भएको हो । वि.सं. २०७२ मा विधिवत दर्ता भएको यो क्लबले हालै काठमाडौँमा सञ्चालित सी डिभिजन क्वालिफाइङ खेलेको थियो । मोफसलका अधिकांश नकआउट फुटबल खेलेको क्लबले पछिल्लो २ वर्षमा ७ वटा गोल्डकप खेलेको र ५ वटामा फाइनल पुगेको क्लबका सचिव रोमस पाण्डेले जानकारी दिए ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.