3 years ago
December 18, 2021
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले कोपा डेल रेको राउन्ड अफ ३२ मा एल्कोयानो प्रतिद्धन्द्धी पाएको छ । कोपा डेल रेको शुक्रबार राति राउन्ड अफ ६४ को खेल सकिएपछि रियलले तेस्रो डिभिजनको एल्कोयानो प्रतिद्धन्द्धी पाएको हो ।
रियलले गत सिजन पनि राउन्ड अफ ३२ मा एल्कोयानोसँग खेल्दा अतिरिक्त समयमा २–१ ले स्तब्ध हुदै कोपा डेल रेबाट बाहिरिएको थियो । यि दुई टोलीले कोपा डेल रेमा हालसम्म तीनपटक खेलेका छन् । दुई खेल रियलले आफ्नो पक्षमा पार्दा एक खेल एल्कोयानोले आफ्नो पक्षमा पारेको छ ।
यस्तै साविकको विजेता क्याटलान क्लब बार्सिलोनाले तेस्रो डिभिजनको लिनारेस डिपोर्टिभोको सामना गर्नेछ । एट्लेटिको म्याड्रिडले रायो माज्दाहोन्डासँग खेल्नेछ । राउन्ड अफ ३२ का खेलहरु ५ जनवरीदेखि शुरु हुनेछ ।
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दुई पटकको च्याम्पियन संकटा क्लबले यसपटक प्रि क्वाटरफाइनलबाट आफ्नो यात्रा सुरु गर्दैछ। पोखरा रंगशाला जारी आहा राराको २४ औं संस्करणको अन्तिम प्रि क्वाटरफाइनलमा आज संकटाले भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडको सामना गर्नेछ। पछिल्लो ४ वर्षमा दुईपटक च्याम्पियन बनेको संकटा आहामा सर्वाधिक सफल टोली मध्ये चौथोमा पर्दछ। नेपाल […]
February 7, 2025
एजेन्सी – लिभरपुल लिग कपको फाइनलमा प्रवेश गरेको छ । टोटनहमलाई बिहीवार सेमिफाइनलको दोस्रो लेगको ४- ० ले हराएपछि समग्रमा ४-१ को अग्रतासहित लिभरपुल उपाधि नजिक पुगेको हो। सेमिफाइनलको पहिलो लेगमा टोटेनहम १-० ले विजयी भएको थियो। घरेलुु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो, मोहमद सलाह, डोमिनिक सबुसलाय र भर्जिल भान डाइकले गोल गरे । गोक्पोले […]
February 7, 2025
एजेन्सी – बार्सिलोना कोपा डेल रेको सेमिफाइनल पुगेको छ । भ्यालेन्सियालाई बिहीवार भएको क्वाटरफाइनलमा ५-० ले हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो । बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गरे । फर्मिन लोपेज र लमिन यमालले समान १ गोल गरे । टोरेसले ३० मिनेट भित्र नै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले पहिलो हाफमा नै ४-० को […]