default_image

2 years ago

December 18, 2021

बायर्नको फराकिलो जित

74 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबारको खेलमा साविक विजेता बायर्न म्युनिखले वल्फ्सबर्गलाई पराजित गरेको छ । घरेलु मैदान आलिआन्ज एरिनामा बायर्नले ४-० को जित हासिल गरेको हो ।

खेलको सातौं मिनेटमा नै बायर्नले थोमस मुलरको गोलमा अग्रता लियो । लेरोय सानेको प्रहारलाई गोलरक्षक कोइन कास्टिल्सले विफल पारेपनि रिबाउन्डमा मुलरले सहजै गोल गरे । पहिलो हाफमा नै पाहुना टोलीले बराबरी गर्ने अवसर पाएपनि वोउट वेघर्स्टले म्यानुएल नोएरलाई वन भर्सेस वनको अवस्थामा बिट गर्न सकेनन् ।

दोस्रो हाफको ५७ औं मिनेटमा बायर्नले अग्रता दोब्बर पार्यो । छोटो कर्नर मुभमा मुलरको क्रसलाई डायोट उपामेकानोले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसको दुई मिनेटमा नै बायर्नले तेस्रो गोल गर्दै सहज जिततर्फ उन्मुख देखियो । सानेले सानदार गोल गर्दै घरेलु टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए ।

खेलको ३ मिनेट समय बाँकी रहँदा रोबर्ट लेवान्डोस्कीले चौथो गोल थपे । उनले मुसियालाको चलाखीपूर्ण पासलाई गोलमा परिणत गरे । उनको सन् २०२१ मा यो ४३ औं लिग गोल थियो ।

यस जितसँगै बायर्नले शीर्षस्थानमा अग्रता ७ अंकको बनाएको छ । बायर्नले १७ खेलमा ४३ अंक जोडेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमुन्डले १६ खेलमा ३६ अंक बनाएको छ । डर्टमुन्डले आज हर्था बर्लिनसँग खेल्दैछ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.