default_image

2 years ago

December 19, 2021

बार्सिलोनाको रोमाञ्चक जित

125 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा बार्सिलोनाले इल्चेलाई ३–२ ले पराजित गरेको हो ।

नोउक्याम्पमा शनिबार राति भएको खेलमा बार्सिलोनाको जितमा फेरान जुट्ग्ला, पाब्लो गाभिरा र निको गोन्जालेजले गोल गरे । इल्चेका टेटे मोरेन्टे र पेरे मिल्लाले गोल गरेपनि हार टार्न सकेन ।

पछिल्लो पाँच खेलमा बार्सिलोनाको यो पहिलो जित हो । यसअघि २८ नोभेम्वरमा भिल्लारियललाई ३–१ ले पराजित गरेयता बार्सिलोनाले चार खेलमा जित निकाल्न सकेको थिएन । त्यसक्रमा बार्सिलोनाले समान दुई बराबरी र दुई हारको नतिजा निकालेको थियो ।

खेलको १६औं मिनेटमा औसमाने डेम्वेलेको पासमा फेरान जुट्ग्लाले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । १९औं मिनेटमा पाब्लो गाभिराले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

दोस्रो हाफमा इल्चेले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ६२औं मिनेटमा टेटे मोरेन्टेको गोलबाट खेलमा फर्किएको इल्चेका लागि ६३औं मिनेटमा पेरे मिल्लाले बराबरी गोल फर्काएका थिए ।

निर्धारित समयको खेल सकिन ५ मिनेट बाँकी रहँदा निको गोन्जालेजले गोल गर्दै बार्सिलोनालाई रोमाञ्चक जित दिलाए । उनले पाब्लो गाभिराको पासमा गोल गरेका थिए ।

यो जितसँगै बार्सिलोना १७ खेलबाट २७ अंक जोडेर सातौ स्थानमा रहेको छ । बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडसँग १५ अंकले पछि छ । पराजित इल्चे १५ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.