default_image

2 years ago

December 19, 2021

मार्टिनेलीको दुई गोलमा आर्सनलको सानदार जित

106 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन विंगर गाब्रियल मार्टिनेलीको दुई गोल सहयोगमा लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ ।

आर्सनलले घरेलु टोली लिड्समाथि ४–१ को फराकिलो जित आत्मसात गरेको हो । आर्सनलका लागि बुकायो साका र इमिल स्मिथ रोवीले गोल थप्दा लिड्सका राफिन्हाले एक गोल फर्काए । एलान रोड वेस्ट योर्कसायरमा शनिबार राति भएको खेलको १६औं मिनेटमा मार्टिनेलीको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिएको थियो ।

उनले एलेसान्द्रे लाकाजेटको पासमा गोल गरेका थिए । २८औं मिनेटमा मार्टिनेलीको ग्रानिट झाँकाको पासमा गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । ४२औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई पहिलो हाफमा ३–० ले अघि बढाए ।

७५औं मिनेटमा राफिन्हाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । जोइ गेलहाड्टले पेनाल्टी बक्समा माटेअस क्लिचलाई फउल गरेपछि लिड्सले पेनाल्टी पाएको थियो । ८४औं मिनेटमा इमिल स्मिथ रोवीले गोल गर्दै आर्सनलको जित पक्का गरे । उनले मार्टिन ओडेगार्डको पासमा गोल गरेका थिए ।

यो जितसँगै आर्सनलले शीर्ष चारमा बलियो पकड बनाएको छ । आर्सनलको १८ खेलबाट ३२ अंक छ । एक खेल कम खेलेको वेस्टह्यामको २८ अंक छ । पराजित लिड्स १६ अंक जोडेर १६औं स्थानमा छ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.