default_image

2 years ago

December 19, 2021

सेभियासँग एट्लेटिकोको हार

एजेन्सी – स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले सेभियासँग हार बेहोरेको छ । घरेलु मैदानमा सेभियाले एट्लेटिकोलाई २–१ ले पराजित गरेको हो । सेभियाको जितमा इभान राकिटिच र लुकास ओकम्पासले गोल गरे । एट्लेटिकोका फिलिपेले एक गोल फर्काए । रमन सान्चेज पिजुवानमा शनिबार राति भएको खेलको सातौं मिनेटमा इभान राकिटिचको गोलबाट घरेलु टोली सेभियाले अग्रता बनाएको […]

66 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले सेभियासँग हार बेहोरेको छ । घरेलु मैदानमा सेभियाले एट्लेटिकोलाई २–१ ले पराजित गरेको हो ।

सेभियाको जितमा इभान राकिटिच र लुकास ओकम्पासले गोल गरे । एट्लेटिकोका फिलिपेले एक गोल फर्काए । रमन सान्चेज पिजुवानमा शनिबार राति भएको खेलको सातौं मिनेटमा इभान राकिटिचको गोलबाट घरेलु टोली सेभियाले अग्रता बनाएको थियो । राकिटिचले करिम रिकिकको पासमा गोल गरेका थिए ।

३३औं मिनेटमा फिलिपेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले थोमस लेमारको पासमा गोल गरेका थिए । निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी रहँदा लुकास ओकम्पासले गोल गर्दै सेभियालाई २–१ को जित दिलाए । उनले जुलेस कोन्डेको पासलाई सदुपयोग गरेका थिए ।

यो जितसँगै सेभियाले शीर्षस्थानको रियल म्याड्रिडलाई दवाव बढाउँदा दोस्रो स्थानलाई मजवुत बनाएको छ । सेभिया रियलसँग ५ अंकले पछि छ । सेभियाको ३७ तथा रियलको ४२ अंक छ । पराजित एट्लेटिको १७ खेलबाट २९ अंक जोडेर पाँचौ स्थानमा झरेको छ ।

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

May 5, 2024

बार्सिलोनाको हारसँगै रियललाई लालिगा उपाधि

एजेन्सी – बार्सिलोनाको हारसँगै रियल म्याड्रिडले २०२३/२४ सिजनको स्पेनिश शीर्ष डिभिजन लालिगाको उपाधिको जितेको छ । बार्सिलोना जिरोनाविरुद्ध ४-२ ले पराजित भएसँगै रियलले लिग उपाधि जित्ने पक्का भएको हो । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो । खेलको तेस्रो मिनेटमा नै आन्द्रेयास क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । चौथो मिनेटमा […]

May 4, 2024

रियल म्याड्रिड स्पेनिस लिग उपाधि नजिक

एजेन्सी – कीर्तिमानी विजेता टोली रियल म्याड्रिड स्पेनिस शीर्ष डिभिजन ला लिगाको उपाधिको नजिक पुगेको छ । काडिज माथि शनिबार भएको खेलमा ३-० को जित निकाल्दै रियलको ४ खेल बाँकी छँदै २०२३/०२३ लिग उपाधिको नजिक पुगेको हो । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले समान‌ १ गोल गरे । ५१औं मिनेटमा बक्सको छेउबाट […]

Success

Thank you for your time.