default_image

2 years ago

December 26, 2021

हालान्डको गन्तब्य कहाँ ?

117 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्डको रिलिज क्लज तय गरिएको छ । २१ वर्षीय युवा स्टार हालान्डको सम्भावित ट्रान्सफरलाई ध्यानमा राख्दै उनको बजार मुल्य तय गरिएको हो ।

उनको रिलिज क्लब ७५ मिलियन युरो तय गरिएको छ । केही समयदेखि नै हालान्डको मुल्यलाई लिएर अड्कलवाजी भइरहेको छ । शीर्ष क्लबहरुले उनलाई अनुबन्ध गर्ने योजना बनाइरहेका छन् ।

सन् २०२० को जनवरीमा क्लबमा आबद्ध भएदेखि हालान्डले डर्टमुन्डका लागि ७४ खेलमा ७६ गोल गरिसकेका छन् । हालान्डले यो सिजनको अन्त्यसँगै अर्काे समरमा क्लब छाड्ने आँकलन गरिएको छ । क्लब छाड्ने सम्भावना रहेका कारण पनि उनको रिलिज क्लज तोकिएको हो ।

हालान्डलाई अनुबन्ध गर्न जर्मन क्लब बायर्न म्युनिखसँगै स्पेनिस क्लब रियल म्याड्रिड, बार्सिलोना, इंग्लिस क्लब म्यानचेस्टर सिटी र म्यानचेस्टर जोडिएको छ । उनको एजेन्ट मिना राइओलाले यि मध्ये एक क्लबमा हालान्ड अनुबनध हुने बताइएको छ ।

‘हालान्ड युरोपका ठुला क्लबसँग जोडिएका छन् । रियल म्याड्रिड हालान्डको अनुबन्धमा अघि छ ।’ डर्टमुन्डका सिइओ हान्स जोआचिम वाट्जकेले भने, ‘तपाई जहाँ जानुहुन्छ । त्यहाँ हालान्डको कुरा हुन्छ । मलाई यतिमात्र थाहा छ कि रियलले उनलाई धेरै चासो राखेको छ । म अन्य २५ टोलीको नाम बताउन सक्छु । तर उनी कहाँ जान्छन् । त्यो भन्न सकिदैन ।

जर्मन पत्रिका विल्डका अनुसार म्यानचेस्टर युनाइटेड र सिटीसँगै रियल म्याड्रिडले उनको रिलिज क्लज तिर्न सक्नेछ । बार्सिलोनाले पनि हालान्डलाई चाहेको छ । तर, उनलाई अनुबन्ध गर्न संघर्ष गर्नुपर्नेछ । बायर्नले पनि हालान्डलाई अनुबन्ध गर्न सक्नेछ । तर, तत्कालै बायर्नको योजनामा हालान्ड छैन ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.