default_image

2 years ago

December 27, 2021

साका र ओडेगार्ड चम्कदा आर्सनलको सानदार जित

82 views

0 Bookmark

एजेन्सी – इंग्लिस युवा विंगर बुकायो साकाले दुई गोल तथा नर्वेजियन मिडफिल्डर मार्टिन ओडेगार्डले दुई असिस्ट दिएपछि लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ ।

आर्सनलले रेलिगेसन जोनमा संघर्ष गरिरहेको नर्विच सिटीमाथि उसकै मैदानमा ५–० को सानदार जित दर्ता गरेको हो । आर्सनलको जितमा साकाले दुई गोल गर्दा काइरन टिएरनी, एलेसान्द्र लाकाजेट्ट र इमिल स्मिथ रोवीले समान एक गोल गरे ।

कारो रोड नर्विच नोरफोल्कमा आइतबार राति गोलको वर्षा भएको खेलमा आर्सनलले छैटौ मिनेटमा बुकायो साकाको गोलबाट अग्रता लिएको थियो । उनले मार्टिन ओडेगार्डको पासमा गोल गरेका थिए । ४४औं मिनेटमा काइरन टिएरनीले ओडेगार्डकै पासमा गोल गर्दै आर्सनललाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

६७औं मिनेटमा साकाले एलेसान्द्रे लाकाजेट्टको पासमा गोल गरेपछि आर्सनल खेलमा ३–० ले अघि बढ्यो । ८४औं मिनेटमा लाकाजेट्टले पेनाल्टीमा गोल गर्दै आर्सनललाई सहज जिततर्फ अघि बढाए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा इमिल स्मिथ रोवीले गोल गर्दै आर्सनललाई ५–० को सानदार जित दिलाए ।

डिसेम्वर पहिलो साता एभर्टनसँग २–१ ले पराजित भएयता आर्सनलको यो लगातार पाँचौ जित हो । लगातार दोस्रो खेलमा आर्सनलले ५ गोल गर्न सफल भएको छ । नर्विचको भने यो लगातार चौथो हार हो ।

जितपछि चौथो स्थानमा रहेको आर्सनलको १९ खेलबाट ३५ अंक पुगेको छ । पराजित नर्विच १८ खेलबाट १० अंक जोडेर पुछारमा रहेको छ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.