default_image

2 years ago

December 27, 2021

टोटेनहमले क्रिस्टल प्यालेसलाई हरायो

81 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन मिडफिल्डर लुकास मोउराले एक गोलतथा दुई असिस्ट दिएपछि इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।

टोटेनहमले १० खेलाडीमा समेटिएको प्यालेसलाई घरेलु मैदानमा ३–० ले पराजित गरेको हो । टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा ह्यारी केने, लुकास मोउरा र ह्युङ मिन सनले गोल गरे ।

खेलको ३२औं मिनेटमा केनको गोलबाट टोटेनहमले सुरुवाती अग्रता लिएको थियो । उनले लुकास मोउराको पासमा गोल गरेका थिए । त्यसको दुई मिनेटपछि ३४औं मिनेटमा लुकास मोउराले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । उनले इमर्सन रोयलको पासलाई सदुपयोग गरेका थिए ।

३७औं मिनेटमा वेलफ्रेड जाँहा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि क्रिस्टल प्यालेस दवावमा आएको थियो । ७४औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमको जित पक्का गरे । उनले लुकास मोउराको पासलाई सदुपयोग गरेका थिए ।

जितपछि टोटेनहम १६ खेलबाट २९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । टोटेनहम तीन खेल बढी खेलेको आर्सनलसँग ६ अंकले पछि छ । पराजित क्रिस्टल प्यालेस १८ खेलबाट २० अंक जोडेर १२औं स्थानमा रहेको छ ।

अर्काे खेलमा ब्राइटनले ब्रेन्टफर्डलाई २–० ले पराजित गरेको छ । ब्राइटनको जितमा लियान्द्रो ट्रोससार्ड र निल मोउपेले गोल गरे । जितसँगै ब्राइटन १७ खेलबाट २३ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित ब्रेन्टफर्ड २० अंक जोडेर १३औं स्थानमा रहेको छ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.