default_image

2 years ago

December 27, 2021

‘रोनाल्डो आएपछि युभेन्टसमा टिम एकता हरायो’ – बुफोन

89 views

0 Bookmark

एजेन्सी – इटालियन राष्ट्रिय टोली तथा युभेन्टसका दिग्गज गोलरक्षक जियानलुइजी बुफोनले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको आगमनपछि क्लबको एकवद्ध हुने डीएनए हराएको अभिव्यक्ति दिएका छन् ।

सन् २०१८ मा इटालियन च्याम्पियन युभेन्टस पुगेका रोनाल्डोले त्यहाँ तीन वर्ष बिताएका थिए । युभेन्टस बसाइका क्रममा रोनाल्डोले दुई सिजन इटालियन लिग जितेपनि च्याम्पियन्स लिगमा भने क्वाटरफाइनल चरण समेत पार गर्न सकेनन् । इटालियन क्लबका लागि १ सय ३५ खेलमा १ सय १ गोल गरेका रोनाल्डो यसै सिजनको सुरुवातमा पूर्व क्लब म्यानचेस्टर युनाइटेड फर्केका थिए ।

झन्डै २ दशक युभेन्टसमा बिताएका गोलरक्षक बुफोन पनि यसै सिजन पूर्व क्लब पार्मा फर्केका छन् । उनी त्यसबीचमा एक सिजन भने फ्रान्सको पेरिस सेन्ट जर्मेन पुगेका थिए । बुफोनले युभेन्टसबाट १० पटक लिग उपाधि जितेका थिए । बुफोनले युभेन्टसबारे अमेरिकी टेलिभिजन टियुडीएनमा अन्तर्वार्ता दिएका थिए ।

‘रोनाल्डो आएकै वर्ष युभेन्टसले च्याम्पियन्स लिग जित्न सक्थ्यो । म त्यसबेला पेरिसमा थिएँ । मलाई थाहा छैन त्यसबेला क्लबमा के भयो,’ बुफोनले सुनाए ।

‘मैले युभेन्टस फर्केपछि दुई वर्ष रोनाल्डोसँग बिताएँ । हामीले राम्रो पनि गर्यौं । तर उनी आएपछि युभेन्टसमा टिमको रुपमा एक बन्ने डीएनए भने गुमाएको महसुस गरें,’ उनले भने ।

‘हामीले सन् २०१७ मा च्याम्पियन्स लिगको फाइनल यात्रा तय गर्यौं । त्यसबेला टोली अनुभवले भरिपूर्ण थियो र एक भएर खेलेका थियौं । टोलीमा स्थान बनाउनका लागि आन्तरिक प्रतिस्पर्धा थियो । तर रोनाल्डो आएपछि त्यो हरायो ।’

रोनाल्डो र बुफोन दुवैले गत सिजन क्लबलाई अन्तिम दिनमा च्याम्पियन्स लिगका लागि छनोट गराएका थिए । दुवैले क्लब छाडेपछि अहिले लिगमा युभेन्टस पाँचौ स्थानमा छ । शीर्षस्थानको इन्टरभन्दा टोली १२ अंकले पछाडी छ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.