default_image

2 years ago

December 28, 2021

काभानीको गोलमा म्यानचेस्टर हारबाट रोकियो

100 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । युनाइटेडले घरेलु टोली न्यूक्यासल युनाइटेडसाग १–१ गोलको बराबरी खेलेको हो ।

सेन्ट जेम्स पार्कमा सोमबार राति भएको खेलमा घरेलु टोलीका लागि एलान सेन्ट म्याक्सिमिनले गोल गर्दा युनाइटेडका इडिन्सन काभानीले बराबरी गोल फर्काएका थिए ।

खेलको सातौ मिनेटमा नै एलान सेन्ट म्याक्सिमिनले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । तर, त्यो अग्रतालाई घरेलु टोलीले जोगाउन सकेन ।

बराबरीसँगै युनाइटेडले पाँचौ स्थानमा उक्लने मौका गुमाउँदा १७ खेलबाट २८ अंक जोडेर सातौ स्थानमा रहेको छ । न्यू क्यासल ११ अंक जोडेर रेलिगेसन जोनको १९औं स्थानमा छ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.