default_image

2 years ago

December 28, 2021

रोनाल्डो र मेस्सीलाई पछि पार्दै एमबाप्पेले जिते ग्लोवो सकर अवार्ड

170 views

0 Bookmark

एजेन्सी – फ्रान्स तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा फरवार्ड केलियन एमबाप्पेले यस संस्करणको ग्लोवो सकर अवार्ड जितेका छन् ।

एमबाप्पेले वर्ष खेलाडी बन्ने क्रममा ६ पटकको विजेता क्रिस्टियानो रोनाल्डो, गत वर्षको विजेता रोबर्ट लेवान्डोस्की, लियोनेल मेस्सी, मोहम्मद सलाह र करिम बेन्जेमालाई भोटिङको आधारमा पछि पार्दै यो अवार्ड जितेका हुन् । भोटिङ २० डिसेम्वरमा बन्द गरिएको थियो ।

२३ वर्षीय एमबाप्पेले गत सिजन लिग वानमा २७ गोल गरेपनि उनको टोली पिएसजी उपविजेता बनेको थियो । एमबाप्पेकै उच्च प्रदर्शनमा फ्रान्सले युइएफए नेसन्स लिगको उपाधि जितेको थियो ।

संयुक्त अरब इमिरेट्स (दुवईं) स्थित अल वाल्स प्लाजामा सोमबार राति भएको १२औं संस्करणको अवार्ड समारोहमा पोलिस तथा जर्मन क्लब बायर्न म्युनिखका रोबर्टलेवान्डोस्कीले दुई अवार्ड जित्न सफल भए । उनले टिकटक फ्यान्स अवार्ड र म्याराडोना अवार्ड जितेका हुन् ।

यस्तै पोर्चुगल तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका रोनाल्डोले सर्वाधिक गोलकर्ता (अल टाइम) को अवार्ड हात पारे । उनले राष्ट्रिय टोलीबाट ११५ अन्तर्राष्ट्रिय तथा व्यवसायिक करिअरमा ८ सय बढी गोल गरेका छन् ।

ग्लोवो सकर अवार्ड

टिकटक फ्यान्स अफ दि इअर – रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिख)

वर्ष उत्कृष्ट पुरुष खेलाडी – केलियन एमबाप्पे (पिएसजी)

म्याराडोना अवार्ड – रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिख)

सर्वाधिक गोलकर्ता (अल टाइम) – क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड)

वर्ष उत्कृष्ट प्रशिक्षक – रोबर्टाे मान्सिनी (इटाली)

वर्ष उत्कृष्ट राष्ट्रिय टोली – इटाली

वर्ष उत्कृष्ट एजेन्ट – फेडरिको पास्टोरेलो

वर्ष उत्कृष्ट खेल निर्देशक – टिछिकी वेगिरिस्टेन

वर्ष उत्कृष्ट पुरुष क्लब – चेल्सी

वर्ष उत्कृष्ट पुरुष डिफेन्डर – लियोनार्दाे बोनुची (युभेन्ट्स)

वर्ष उत्कृष्ट पुरुष गोलरक्षक – जियानलुइगी डोन्नररुम्मा (युभेन्ट्स–पिएसजी)

प्लेयर करिअर अवार्ड – रोनाल्डिन्हो

वर्ष उत्कृष्ट महिला क्लब – बार्सिलोना

वर्ष उत्कृष्ट महिला खेलाडी– एलेक्सा पुटेलास

इनोभेसन अवार्ड – सिरी ‘ए’

वर्ष उत्कृष्ट ईस्पोर्ट्स अवार्ड – एमएसडोसारे सेभेन

वर्ष उत्कृष्ट एकेडेमी – जेड एफसी (अफ्रिका)

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.