default_image

2 years ago

January 2, 2022

चेल्सीले लुकाकुलाई लिभरपुलविरुद्ध नखेलाउने

113 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) राति लन्डन क्लब चेल्सी घरेल मैदानमा लिभरपुलसँग खेल्दैछ । खेल चेल्सीको मैदानमा नेपाली समयअनुसार राति १०:१५ बजे हुनेछ ।

प्रशिक्षक थोमस टुचेलले बेल्जियन फरवार्ड रोमेलु लुकाकुलाई लिभरपुलविरुद्ध खेलका लागि टोलीमा नराख्ने भएका छन् । २८ वर्षीय फरवार्ड पछिल्लो साता एक अन्तर्वार्ताका क्रममा प्रशिक्षक टुचेलको रणनीति र चेल्सी भविष्यबारे दिएको अभिव्यक्तिका कारण चर्चामा छन् । प्रशिक्षक टुचेलले लुकाकुले अनावश्यक हल्ला गरेको भन्दै टीप्पणी गरेका थिए ।

शीर्ष दुईको होडमा रहेका चेल्सी र लिभरपुल बीचको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ । घरेलु मैदानमा हुने खेलमा चेल्सी लिभरपुललाई हराउँदै शीर्षस्थाको म्यानचेस्टर सिटीसँगको अंक दुरी छोट्याउँदै शीर्ष दुईमा आफ्नो स्थानलाई मजवुत बनाउन चाहन्छ ।

चेल्सी २० खेलबाट ४२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । लिभरपुलसँग पराजित भए चेल्सी तेस्रो स्थानमा झर्नेछ । बराबरीले दोस्रो स्थानमा नै रहनेछ ।

टोलीसँग काई हाभर्टज, मासन माउन्ट, एङ्गोलो कान्टे, जर्गिन्हो, कलुम हड्सन ओडोई, एन्टेनियो रुडिगर, सिजर एज्पिलिक्वेटा र गोलरक्षक इडुआर्ड मेन्डी रहेका छन् । यसबाहेक टोलीसँग माटियो कोभासिस, क्रिस्टियन पुलिसिस, रिस जेम्स, मार्काेस अलन्सो र ट्रिभोअ चलोवाह रहेका छन् ।

यता, लिभरपुल पनि चेल्सीलाई उसकै मैदानमा हराउँदै दोस्रो स्थानमा उक्लने योजनामा हुनेछ । लिभरपुलले चेल्सीलाई हराउन सके चेल्सीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लनेछ । लिभरपुलको १९ खेलबाट ४१ अंक रहेको छ ।

टोलीसँग मोहम्मद सलाह, साडियो माने, डिएगो जोटा, फाविन्हो, जोर्डन हेन्डरसन, एलेक्स अक्सलेड चेम्वरलेन, भर्जिल भान डाइक, जोएल मटिप एलेक्सान्डर अर्नाेल्ड र गोलरक्षक एलिसन बेकर रहेका छन् ।

यि दुई टोलीको पछिल्लो ३१ खेलको नतिजामा लिभरपुलले ११ खेल आफ्नो पक्षमा पारेको छ । १० खेल चेल्सीले जित्दा १० खेल बराबरीमा सकिएको छ । यि दुई टोलीको पछिल्लो तीन खेलको नतिजामा दुवै टोलीले समान १ जित, बराबरी र हारको नतिजा निकालेको छ । सोही कारण पनि खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मान (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो । पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा भएको दोस्रो लेगमा […]

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

Success

Thank you for your time.