default_image

2 years ago

January 6, 2022

बार्सिलोनामा आल्भेसको दोस्रो ‘इनिङ्स’

56 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलमा सबैभन्दा धेरै उपाधि जितेका ब्राजिलियन भेट्रान डिफेन्डर ड्यानी अल्भेसको क्याटलान क्लब बार्सिलोनमा दोस्रो इनिङ्स शुरु भएको छ ।

३ जनवरीमा ला लिगामा दर्ता भएपछि कोपा डेल रेमा तेस्रो श्रेणीको लिनारेस डिपोर्टिभोविरुद्ध खेल्दै आल्भेसले बार्सिलोनामा दोस्रोपटक डेब्यु गरेका हुन् । उक्त खेलमा बार्सिलोनाले २–१ को पूनरागमन जित निकाल्दै कोपा डेल रेको अन्तिम १६ मा पुग्न सफल भएको हो । उक्त खेलमा पूरै ९० मिनेट मैदानमा बिताएका ड्यानी आल्भेसले पहिलो खेलमै उच्च प्रदर्शन गरेका थिए ।

सन् २०१६ मा क्याप नोउ छोडेका ३८ वर्षीय आल्भेसलाई बार्सिलोनाले नोभेम्बरमा फ्रि ट्रान्सफरमा क्लबमा फर्काएको थियो । बार्सिलोना फर्कनुअघि आल्भेसले ब्राजिली क्लब साओ पाउलो, पिएसजी र युभेन्ट्सबाट खेलेका थिए । त्यसअघि उनी २००८–०९ को सिजनमा सेभियाबाट बार्सिलोना आएका थिए ।

यसअघि अर्जेन्टिनी लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको स्मृतिमा आयोजित म्याराडोना कपमा उनले बार्सिलोनाका लागि दोस्रो पटक डेब्यु गरेका थिए । तर उनी त्यतिबेला ला लिगामा दर्ता भएको थिएन । डिसेम्बरमा भएको खेलमा बार्सिलोना अर्जेन्टिनी क्लब बोका जुनियर्ससँग पेनाल्टीमा ४–२ गोलले पराजित बनेको थियो ।

सन् २००६ देखि ब्राजिलको राष्ट्रिय टोलीमा रहेका उनले ११९ खेलबाट ८ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.