default_image

2 years ago

January 7, 2022

अगुएरो म्यानचेस्टर सिटी फर्कने सम्भावना

81 views

0 Bookmark

एजेन्सी – गत महिना मात्र व्यावसायिक फुटबलबाट संन्यास लिएका फरवार्ड सर्जियो अगुएरो फरक भूमिकामा पूर्व क्लब म्यानचेष्टर सिटी फर्कने सम्भावना रहेको छ । अर्जेन्टिनी पूर्व फरवार्डलाई सिटीले सद्भावना दुतका रुपमा रहन प्रस्ताव गरेको छ ।

क्लबका महान खेलाडीमध्येका एक अगुएरोले सिटीका लागि सर्वाधिक गोल गरेका छन् । मुटुको समस्यापछि उनले गत महिना सबै खाले फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए । सिजनको सुरुवातमा उनी सिटीबाट स्पेनिस टोली बार्सिलोनामा आबद्ध भएका थिए ।
क्याम्प नोउमा पत्रकार सम्मेलन गर्दै सन्यासको घोषणा गर्ने क्रममा अगुएरो भावुक बनेका थिए । त्यसयता उनी अर्जेन्टिनामा परिवारका साथ बस्दै आएका छैन ।

३३ वर्षे पूर्व फरवार्डले भविष्यका योजनाका बारेमा कुनै योजना सार्वजनिक गरेका छैनन् । सिटीको प्रस्ताव भने उनको फुटबल जीवनको निरन्तरताको अर्को मौकाका रुपमा हेरिएको छ । सिटीले इत्तिहाद रंगशाला अघि अगुएरोको मुर्ति राने योजना सार्वजनिक गरिसकेको छ । सिटीमा दशक लामो यात्रामा अगुएरोले थुप्रै सफलता हासिल गरेका थिए ।

यदि उनले सिटीको प्रस्ताव स्वीकार भने भने जोलेएन लेस्कट, मिकाह रिचार्ड्स र सन राइट फिलिप्स जस्तै पूर्व क्लबको नयाँ जिम्मेवारीमा हुनेछन् ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.