default_image

4 years ago

January 7, 2022

मिलानको सानदार जित, युभेन्ट्स रोकियो

175 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले सानदार जित निकाल्दा युभेन्ट्सले बराबरीको नतिजा निकालेको छ । मिलानले रोमालाई ३–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा मिलानको जितमा ओलिभर जिरुउड, जुनियर मेसिएस र राफयल लियोले गोल गरे । रोमाका ट्याम्मी अब्राहमले एक गोल फर्काए ।

मिलानोमा बिहीबार राति भएको खेलको आठौं मिनेटमा जिरुउडको पेनाल्टी गोलबाट मिलानले सुरुवाती अग्रता लिएको थियो । १७औं मिनेटमा जुनियर मेसिएसले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । ४०औं मिनेटमा ट्याम्मी अब्राहमले गोल गरेपछि खेल पहिलो हाफमा २–१ को अवस्थामा पुगेको थियो ।

दोस्रो हाफमा रोमा १० खेलाडीमा समेटिन पुग्यो । ७४औं मिनेटमा रिक कार्सड्रप दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए । ८२औं मिनेटमा राफयल लियोले गोल गरेपछि मिलानले खेलमा ३–१ को अग्रता लिदै जिततर्फ अग्रसर बन्यो । उनले ज्लाटन इब्राहिमोभिचको पासमा गोल गरेका थिए ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा रोमा ९ खेलाडीमा समेटिन पुग्यो । जियान लुका मान्सिनी दोहोरो पहँेलो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसमै प्राप्त पेनाल्टीमा ज्लाटन चुके ।

यो जितसँगै मिलानले शीर्षस्थानको इन्टर मिलानसँगको अंक दुरी १ मा छोट्याएको छ । मिलानको २० खेलबाट ४५ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टरको ४६ अंक छ । पराजित रोमा ३२ अंकसहित सातौ स्थानमा छ ।

अर्काे खेलमा युभेन्ट्सले घरेलु मैदानमा नेपोलीसँग १–१ गोलको बराबरी खेलेको छ । युभेन्ट्सले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको हो । नेपोलीका ड्रिएस मेर्टिन्सले गोल गर्दा युभेन्ट्सका फेडरिको चिइसाले बराबरी गोल फर्काएका थिए ।

टुरिनमा बिहीबार राति भएको खेलको २३औं मिनेटमा मेर्टिन्सको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लिएको थियो । उनले माटियो पोलिटानोको पासमा गोल गरेका थिए । ५४औं मिनेटमा फेडरिको चिइसाले गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाए ।

यो बराबरीसँगै युभेन्ट्स २० खेलबाट ३५ अंक जोडेर पाँचौ स्थानमा रहँदा नेपोली ४० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

November 7, 2025

पुलिस झापा गोल्ड कपको फाइनलमा

दिपक बोहोरा / हिमाल खरेल , झापा नेपाल पुलिस क्लबले एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। संकटा एफसीलाई आज २-० गोलले पराजित पुलिस अन्तिम दुईमा पुगेको हो। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा खेलको सुरुवाती मिनेटदेखि नै दुवै टोलीले आक्रमक खेल प्रदर्शन गरे पनि पहिलो हाफमा गोल रहित बराबरी रह्यो। २४औं मिनेटमा पुलिसले कर्नर […]

November 7, 2025

देउरालीको पहिलो जित, चित्लाङ र विजय स्पोर्ट्सको बराबरी

रविन्द्र वाईबा ,हेटौंडा देउराली युथ क्लब (धनकुटा) ले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा जन जागृती युवा क्लब बर्दियालाई ३-१ गोलले हराउँदै लिगमा पहिलो जीत निकालेको हो। जागृतीका लागि शम्भु थारुले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेपनि टिमलाई हारबाट जोगाउन भने सकेन । देउरालीका मिलन […]

November 7, 2025

फुटबल खेलाडीले सुरु गरेको विरोधमा खेलाडी संघको एकबद्धता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) का विरुद्ध गरेको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एकबद्धता जनाएको छ। खेल्न पाउनुपर्छ भन्ने माग सहित फुटबल खेलाडी संघले एन्फा विरुद्ध बिहीवार धर्ना प्रदर्शन गरेको थियो। खेलाडी संघले शुक्रवार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ए […]

Success

Thank you for your time.