default_image

2 years ago

January 7, 2022

एन्फा कार्यसमितिको निर्वाचन जेठमा

133 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको निर्वाचन अर्को वर्ष जेठमा हुने भएको छ । अहिलेको कार्यसमितिको निर्वाचित भएको ४ वर्ष पुरा भएको केहि सातापछि नै एन्फाले आफ्नो निर्वाचन गर्ने निर्णय गरेको छ । एन्फाले २०७९ जेठ १५ गते १७ सदस्यीय कार्यसमितिको निर्वाचन हुने एन्फाले जनाएको छ ।

निर्वाचन लगायत एन्फा कार्यसमितिको बैठकले गरेको निर्णय सार्वजनिक भने गर्न बाँकी छ । एन्फाको बिहीबारबाट सुरु भएको कार्यसमिति बैठक शुक्रबार अबेर मात्र सकिएको थियो । एन्फाको पछिल्लो निर्वाचन २०७५ को वैशाख २२ गते भएको थियो । वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा नेतृत्वमा रहेको पूरै समूह विजयी भएको थियो ।

यद्दपी निर्वाचनको वर्ष दिनपछि नै एन्फा अध्यक्ष र अन्य पदाधिकारीबीच विवाद बढ्दै गएको थियो । अर्को समूहको नेतृत्व वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले गरेको थियो । यसपटकको बैठकका लागि पनि नेम्बाङसहित उपाध्यक्ष र सदस्यहरु गरि ७ जनाले बैठकको माग गरेका थिए ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.