default_image

2 years ago

January 7, 2022

बार्सिलोनाका कौटिन्हो एस्टन भिल्लामा अनुबन्धित

103 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका ब्राजिली मिडफिल्डर फिलिपे कौटिन्हो इंग्लिस क्लब एस्टन भिल्लामा अनुबन्धित भएका छन् । कौटिन्हो लोनमा इंग्लिस क्लबमा पुगेका हुन् ।

सन् २०१८ मा इंग्लिस क्लब लिभरपुलबाट १६० मिलियन युरोमा बार्सिलोना आएपछि कौटिन्होले दोस्रोपटक बार्सिलोना छाडेका हुन् । २९ वर्षीय कौटिन्होले सन् २०१९–२० को सिजनमा जर्मन क्लब बायर्न म्युनिखबाट लोनमा खेलेका थिए । उनी २०१८ पछि प्रिमियर लिगमा फर्किएका हुन् ।

एस्टन भिल्ला र बार्सिलोनाबीच कौटिन्होको लागि यो सिजनको लागि सम्झौता भएको भिल्लाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अनुबन्ध पक्का भएसँगै कौटिन्हो मेडिकललगायत अन्य प्रक्रिया पूरा गर्नका लागि ४८ घन्टाभित्र बर्मिङघम पुग्नेछन् ।

जेरार्डसँग पूनर्मिलन

बार्सिलोना र भिल्लाबीच सम्झौता भएसँगै कौटिन्हो र प्रशिक्षक स्टेभन जेरार्डबीच पुनर्मिलन हुने भएको छ । जेरार्ड र कौटिन्होले दुई वर्ष एनफिल्डमा सँगै खेलेका थिए । ब्राजिलका लागि ६३ क्याप जितेका कौटिन्होले लिभरपुलमा अविश्वसनीय प्रदर्शन गरेपछि उनीलाई युरोपका ठुला क्लबले नजर लगाउँदा बार्सिलोनामा अनुबन्धित भएका थिए । तर, उनले बार्सिलोनामा सोचुअनुरुपको प्रदर्शन गर्न सकेनन् ।

‘म बुझ्न सक्छु किन धेरै समर्थकहरु उनका बारेमा बोलिरहेका छन् । मलाई लाग्दैन कि तपाई एक जादुगरको उपनाम पाउनुहुन्छ । यदि तपाई एक विशेष फुटबलर हुनुहुन्न र त्यसैले उहाँ त्यस्तो व्यक्ति हुनुहुन्छ जसलाई मेरो अविश्वसनीय मात्रामा सम्मान छ । तर म कुनै पनि अनुमान गर्न चाहन्न किनकि उनी बार्सिलोनाका हुन् ।’ भिल्लाका प्रशिक्षक जेरार्डले भने ।

कौटिन्होले यो सिजन बार्सिलोनाका लागि २६ खेलमध्ये पाँच खेलमा मात्रै सुरुवाती रोजाईमा अवसर पाएका थिए । कौटिन्हो नियमित पहिलो रोजाईमा खेल्दै यसै वर्ष कतारमा आयोजना हुने विश्वकपमा ब्राजिलको टोलीमा स्थान बनाउन चहान्छ । यो सिजन खराव सुरुवात गरेको भिल्ला जेरार्डको आगमनसँगै लयमा फर्किएको छ । भिल्ला १३औं स्थानमा रहेको छ ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.