default_image

2 years ago

January 7, 2022

एन्फाले क्लबलाई १ करोड बढी वितरण गर्ने

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका ए,बी,सी डिभिजनका ४२ क्लबलाई १ करोड भन्दा बढी रकम वितरण गर्ने भएको छ ।

सहिद स्मारक लिग खेल्ने तीनै श्रेणीका क्लबले तयारी वापत पाउने रकममा हरेक क्लबलाई २ लाख ५० हजार रुपैयाँ थप दिने एन्फा कार्यसमितिको बैठकले निर्णय गरेको छ । हाल दशरथ रंगशालामा जारी कतार एअरवेज सहिद स्मारक ए डिभजिन लिगको टिकट विक्रीका लागि एन्फाले प्राप्त गरेको १ करोड रुपैयाँ क्लबहरुलाई नै वितरण गर्ने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । एन्फाले सजिलो पेलाई टिकट विक्रीका लागि जिम्मा दिएको छ ।

हाल ए डिभिजन खेलिरहेका क्लबले लिगको तयारी वापत हरेक क्लबले २० लाख रुपैयाँ प्राप्त गरेका थिए । अब २ लाख ५० हजार थप गरेपछि हरेक क्लबले तयारी वापत पाउने रकम २२ लाख ५० हजार रुपैयाँ हुनेछ । ए,बी,सीमा समान १४-१४ क्लब छन् ।

बी डिभिजनका क्लबले थप गरिएको रकम गरि १२ लाख ५० हजार तथा सी डिभिजनले ९ लाख ५० हजार रुपैयाँ तयारी वापत प्राप्त गर्नेछन् । सबै क्लबलाई गरि एन्फाले १ करोड ५ लाख रुपैयाँ वितरण गर्नेछ ।

पुरस्कारका लागि मापदण्ड बनाइने

नेपालको राष्ट्रिय महिला र पुरुष टोली तथा विभिन्न उमेर समूहमा प्राप्त गर्ने सफलताका आधारमा पुरस्कृत गर्नका लागि एन्फाले मापदण्ड तयार गर्ने भएको छ । त्यसका लागि एन्फाले अध्यक्ष कर्मा छिरिङ शेर्पा संयोजक तथा वरिष्ठ उपाध्यक्ष र ३ उपाध्यक्ष सदस्य रहने गरि समिति गठन गरेको छ । समितिले १५ दिन भित्र पुरस्कारको मापदण्ड तयार गर्ने त्यहि समितिको सिफारिसका आधारमा आउने दिनमा पुरस्कृत गर्ने एन्फाले निर्णय गरेको छ ।

‘पुरस्कारको विषय सधै कार्यसमितिकै बैठक बस्नु पर्ने अवस्थाको अन्त्य गर्नका लागि समिति गठन गरेका छौं । त्यसले मापदण्ड तयार पारेर सिफारिस गर्छ’, एन्फा महासचिव तुलाधरले भने, ‘सोहि सिफारिसका आधारमा भविष्यमा पुरस्कृत गरिनेछ । त्यसका लागि कार्यसमितिको बैठक बसिराख्नु पर्दैन ।’

छानविन समिति गठन

अखिल नेपाल फुटबल संघ (एन्फा) ले विवादित वित्तीय निर्देशक (फाइनान्स डाइरेक्टर) निरनजंग शाहका विषयमा छानविन गर्न उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको छ ।

शाहले एन्फाले खरिद गरेका हवाई टिकटमा रकम मेटाउँदै अर्को दर राखेको पाइएको र आन्तरिक लेखा परिक्षणका दौरान बैंकमा दाखिल गर्नुपर्ने रकम आफैसँग राखेको देखिएपछि त्यसका विषयमा छानविन गर्न खड्काको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरिएको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । शाहलाई निलम्बन गर्दै छानविन गर्नुपर्ने माग वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङसहितका पदाधिकारी र सदस्यले राखेपनि त्यो निर्णय भइनसकेको उनले जानकारी दिए । एन्फाले आफूले सार्वजनिक गरेको निर्णय विज्ञप्तिमा भने यो उल्लेख गरेको छैन ।

‘अध्यक्ष. वरिष्ठ उपाध्यक्षलगायत फेरि एकपटक यो विषयमा छलफलमा बस्नुहुनेछ त्यसपछि मात्र निलम्बन गर्ने नगर्ने टुंगो लाग्नेछ’, उनले भने, ‘अहिले उपाध्यक्ष खड्काको संयोजक तोकिएको छ। उहाँले आवश्यक सदस्यहरु राख्न पाउनुहुनेछ । आइतबारबाट ५ दिनको समय सिमा दिएर छानविनका लागि भनिएको छ ।’

जनवरी २०२० मा एन्फामा नियुक्त भएका शाहको कार्यशैलीमा यसअघि पनि पटक पटक असन्तुष्टि रहँदै आएको थियो । आर्थिक अनियमितता सँगै शाहले एन्फामा आवश्यक खर्चमा कडाइ गर्दै आफु निकट कर्मचारीलाई च्याप्दै आएको आरोप छ । उनकै कारण केहि महिनाअघि मात्र नेपाली राष्ट्रिय फुटबल टोलीले उधारोमा साफ खेल्ने वातावरण सिर्जना भएको थियो ।

वित्तिय निर्देशकका रुपमा आएका निरनजंग शाहको नियुक्तिदेखि नै विवाद रहेको थियो । उनको कार्यशैलीमा नै एन्फा कार्यसमितिका सदस्यले सामाजिक संजालमा लेख्दै आएका थिए । वित्तीय निर्देशककै कारण पनि वर्षको सुरुवातमा एन्फाका कर्मचारीले केहि समय तलब नै पाएका थिएनन् । त्यसपछि उनले संघमा आएको हवाई खर्चमा आफ्नै बढोत्तरी गरेर पैसा तिरेको विषयमा पनि एन्फाले छानविन गरेको थियो । उक्त छानविनको प्रतिवेदन तयार भएपनि कार्यसमिति बैठक बस्न नसक्दा कारवाही प्रक्रिया अघि बढ्न सकेको थिएन ।

बिहीबारदेखि सुरु भएको एन्फा बैठक शुक्रबार अबेर टुंगिएको थियो । २०७९ जेठ १५ गते कार्यसमितिको निर्वाचन गर्नेलगायतका १२ वटा निर्णय गर्दै एन्फा बैठक टुंगिएको थियो । फागुन १५ देखि ३० गते भित्र एन्फा जिल्ला संघ तथा चैत १ देखि १० गते सम्म एन्फा प्रदेशको निर्वाचन सक्ने निर्णय समेत बैठकले गरेको छ ।

निर्णयहरु :

May 19, 2024

आरसी ३२ ‘सि’ डिभिजनको शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – खेलको अन्तिम समयमा जित निकाल्दै आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक ‘सि’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनि आईतवार भएको खेलमा गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को रोमाञ्चक जित सहित आरसी ३२ शीर्ष स्थानमा पुगेको छ । खेल १-१ को बराबरीमा रहेको […]

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

Success

Thank you for your time.