default_image

2 years ago

January 8, 2022

म्यानचेस्टर सिटीको सानदार जित

74 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले सानदार जित निकाल्दै एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।

सिटीले लिग टुको स्विन्डनमाथि ४–१ को फराकिलो जित निकाल्दै चौथो चरणमा प्रवेश गर्न सफल भएको हो । सिटीको जितमा बर्नाडो सिल्भा, गाब्रियल जेसस, इल्केए गुन्डोगान र कोल पाल्मेरले गोल गर्दा घरेलु टोलीका ह्यारी म्याककृडिले एक गोल फर्काए ।

दि काउन्टी ग्राउन्ड स्विन्डन विल्टसायरमा बिहीबार राति भएको खेलको १४औं मिनेटमा बर्नाडो सिल्भाको गोलबाट सिटीले सुरुवाती अग्रता लिएको थियो । २८औं मिनेटमा गाब्रियल जेससले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

५९औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीको अग्रता तेब्बर पारे । ७८औं मिनेटमा ह्यारी म्याककृडिले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ८२औं मिनेटमा कोल पाल्मेरले गोल गर्दै सिटीको जित पक्का गरे ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.