default_image

2 years ago

January 9, 2022

लियोनविरुद्ध पिएसजीको सिनियर ११ खेलाडी नहुने

81 views

0 Bookmark

एजेन्सी – फ्रेन्च लिग वानमा आइतबार राति शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) आफ्नो सिनियर ११ खेलाडीविना लियोन भ्रमणमा निस्कने छ ।

चोट र अन्तर्राष्ट्रिय ड्युटी (अफ्रिकन कप अफ नेसन्स) का कारण पिएसजीले लियोनविरुद्ध सिनियर ११ खेलाडीविना खेल्नुपर्ने भएको हो । एन्जल डि मारिया, जुलियन ड्राक्सलर, ड्यानिलो पेरेइरा, लेभिन कुर्जावा, जियानलुइजी डोन्नररुम्मा, लियोनले मेस्सी, एलेसान्द्रे लिटेलएिर र नेयमार चोटका कारण टोलीमा उपलब्ध हुने छैनन् ।

अचरफ हाकिमी, एबोउ डियालो र इड्रिसा गुआई (क्यामरुन, मोरोक्को र सेनेगल) अफ्रिकन कप अप नेसन्समा रहनेछन् । यसर्थ टोलीमा केलियन एमबाप्पे र सर्जियो रामोस मात्रै सिनियर खेलाडीको रुपमा रहनेछन् ।

पिएसजी १९ खेलबाट ४६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पिएसजीले दोस्रो स्थानको मार्सेलाई १० अंकले पछि पारेको छ । लियोन २४ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.